भरत नेपाली मालश्री खबर/भाद्र ३० रोल्पा ।।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य जोख बहादुर महराले नेकपा (माओवादी केन्द्र) पार्टी सदस्यको आधारमा सबै भन्दा ठुलो पार्टी भएको भए पनि जनमतको हिसाबले सानो भएको बताउनु भएको छ ।
आज रोल्पाको सुलिचौर योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल सुनिलस्मृति गाउँ पालिकाको तेस्रो पालिका सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । सम्मेलनको प्रमुख अतिथि समेत हुनु भएको महराले माओवादी पार्टी को हाल ७ लाख पार्टी सदस्य भएको हाम्रो पार्टी देशको ठुलो पार्टी को भए पनि जनमतको हिसाब ले हाम्रो पार्टी सानो भएको बताउनु भयो । माओवादी केन्द्रलाई जनभावनाको बिश्वास दिलाउन पार्टीले तिन महिने अभियान सञ्चालन सुरु गरेको र सोही अभियानको क्रममा नेता तथा कार्यकर्ता सबै जनतको घर घरमा पुगि जनमतमा पनि बिश्वास दिलाउन अनुरोध गर्नु भयो ।
त्यस्तै महराले माओवादीको जनयुद्धको कारण देशमा ठुलो परिवर्तन आएको बताउदै संघियता, धर्मनिरपेक्ष,समानुपातिक समाबेशको सिद्धांत हाम्रो पार्टीले गर्दा आएको बताउदै अहिले नेपालका ठुला पार्टी भन्ने हरु नै माओवादीको सेरोफेरोमा हिडिरहेको बताउनु भयो । त्यस्तै माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकारले देशमा भष्टाचारकाे अन्त्य गरि देशमा सुशासन कायम गर्न लागेको बताउदै अहिले देशमा आएको सबै परिवर्तन हामी र हाम्रो पार्टीले गरेको र अबको परिवर्तन पनि माओवादीले नै गर्ने बताउनु भयो । अहिले भर्खरै जन्मिएका नयाँ पार्टीहरूले देश परिवर्तन गर्छु भनी रहदा उनिहरूको पार्टीको भविष्य नै सकिन लागेको बताउदै ती पार्टीहरु बाट देशमा परिवर्तन हुन नसक्ने बताउदै युवाशक्ति उनी हरूको पछि नलाग्न अनुरोध गर्नु भयो ।
सम्मेलनमा बोल्दै प्रमुख अतिथी महराले हिजो पन्चायतको समयमा हामि युवा हुदा कोही कसैको विरुद्ध मा बोल्न पाइदैन थियो नेता लाई भेटन पाइदैन थियो तर अहिले तपाईँ युवाहरू सहज रूपमा बोल्न पाउने भेटन पाउने वातावरण बनेको छ यो माओवादीको कारणले सम्भव भएको बताउदै सबै युवाहरू लाई माओवादी केन्द्र मा आबद्ध हुनको लागि आह्वान गर्नु भयो ।
त्यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले सम्मेलनमा बोल्दै नेपालमा जनयुद्ध सुरु हुनु पुर्ब हामी पनि युवा थियौ त्यति बेला यो देश चलाउने तपाई युवाहरु नै हो भन्दा हामिलाइ अनौठो लाग्ने गर्दथ्यौ आज म लगाएत उति बेलाका युवा शक्तिहरू कोही गाउँपालिका अध्यक्ष, प्रदेश र संघको नेतृत्वमा पुगे पछि आएर त्यो सत्य साबित भएकोले अहिलेका तपाईं युवाहरू भोलिको देश चलाउने नेतृत्व भएको बताउनु भयो ।
त्यस्तै सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्र सदस्य तथा रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र घर्ती थापाले अहिले नेपालमा ४६ प्रतिशत युवा जनशक्ति भएकोले देश विकाशमा सबै विकास गर्ने समय भनेको यही समय भएकोले यी युवालाई व्यवस्थापन गर्न नसक्दा हाल तीव्र गति वैदेशिक रोजगारमा युवाहरू जाने गरेको देखिन्छ जसको कारण देश विकास मा यसले ठुलो प्रभाव गरेको बताउदै पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा विभिन्न प्रकारका नयाँ नयाँ कुरा देखि र सुनिने गर्नाले युवालाइ वैदेशिक रोजगारमा पैसा कमाउन जानू पर्ने उत्सुकता देखिएको बताउनु भयो ।
त्यस्तै घर्तिले हिजो हामी युवा हुदा आइ परेका समस्याको समाधान आफ्नै भुमी तथा देशमा खोजीयो तर अहिले का युवाहरू समस्याको समाधान विदेश तिर खोजी रहेको बताउदै देशमा जति बेला समस्या हुन्छ त्यति बेला युवा शक्ति अगाडी आउने गरेको बताउनु भयो । सम्मेलन बोल्दै अहिले हामिले सामाजिक समस्यालाई केही हद सम्म ह समाधान गर्न सफल भए पनि आर्थिक समस्या समाधान गर्न नसक्दा युवा जमात देश छोडन बाध्य भएको बताउनु भयो । माओवादी केन्द निकट युवा संगठनमा आबद्ध युवाहरू अन्य युवा भन्दा राजनीति रूपले सचेत भएको बताउदै जनयुद्धको समयमा अग्र पङ्तीमा लडाइको मोर्चा लागेको आफूमा अनुभव भएको बताउनु भयो ।
त्यस्तै पछिल्लो समय रोजगारको प्रलोभनमा युवाहरू विभिन्न पार्टीमा लाग्ने गरे पनि सबैलाई रोजगार दिन कुनै पनि पार्टीले दिन नसक्ने बताउदै बेरोजगार समस्या समाधान गर्नको आर्थिक समृद्धि गर्न को लागि कृषिमा लागि उत्पादनलाई बढाउनु पर्ने बताउनु भयो । सम्मेलनमा वाइसिएल नेपाल रोल्पा जिल्ला संयोजक राजेन्द्र वली, वाइसीएल जिल्ला सचिव गोविन्द पुन, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समिति सचिव सुदर्शन पुन लगाएत बोल्नु भएको थियो । वाइसिएल नेपाल सुनिलस्मृति गाउँपालिका अध्यक्ष पुर्ण सुनारको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन उपाध्यक्ष नवीन घर्ती मगरले गर्नु भएको थियो सम्मेलनले नवीन घर्ती मगरको अध्यक्षतामा ४५ सदस्यीय सुनिलस्मृति गाउँपालिका वाइसिएल कमति गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्