मालश्री खबर, भाद्र ३० गते/ सुलिचौर रोल्पा ।।
लुङ्ग्री गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका समग्र क्रियाकलापहरूको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले हिजो शुक्रवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर परियारद्वारा हस्ताक्षरित एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाको आयोजनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन ) ऐन, २०६४ को दफा ३० बमोजिम आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न भएका विकास योजना, कार्यक्रम, सेवा प्रवाह लगायतका समग्र क्रियाकलापहरूको बारेमा गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम असोज ७ गते अपराह्न १२ बजेको समयमा लुङ्ग्री गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालय शिर्पमा गर्ने निर्णय गरेकोले उक्त कार्यक्रममा सहभागीताको लागि सरोकारवाला पक्ष, न्यायप्रेमी, समाजसेवी, वुद्धिजिवि लगाएत आम नागरिकलाई लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्