वाईसिएल नेपाल सुनिलस्मृतिको तेस्रो सम्मेलनबाट अध्यक्षमा नवीन घर्तिमगर चयन

मालश्री खबर
मालश्री खबर ३० भाद्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ३० गते, सुलिचौर रोल्पा ।।

वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाले आज शनिवार सुलिचौरमा सम्मेलन सम्पन्न भएको वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका स्तरीय वाइसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाको सम्मेलनबाट अध्यक्ष नवीन घर्तिमगर, उपाध्यक्ष भुपेन्द्र कवर, गिर बहादुर घर्तिमगर, उजेल रोका, सचिवमा किरण सुवेदी, सह–सचिवमा हुकुम बहादुर गिरी, राम बहादुर घर्तिमगर, कोषाध्यक्षमा मिशा बुढाथोकी लगाएतका कार्यसमिति सहित ४५ सदस्यको समिति बनाएको वाइसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाको सम्मेलन वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिका निर्वतमान अध्यक्ष पुर्ण सुनारको अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय वैकल्पिक सदस्य सुरेन्द्र थापा घर्ति, नेकपा (माओवादी केन्द)का सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का सुनिलस्मृति गाउँपालिका सचिव रत्न महर लगाएतको विशिष्ट आतिन्यतामा सम्पन्न भएको थियो ।

वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिका निवर्तमान उपाध्यक्ष जितलाल पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वाईसिएल नेपाल सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष नवीन घर्तिमगरले गर्नुभएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्