मालश्री खबर, भाद्र २६ गते रोल्पा ।
स्थानीय तहसंग योजना कार्यशाला गोष्ठी लिवाङमा सम्पन्न भएको छ । रुडास नेपाल रोल्पाको आयोजना, रोल्पा नगरपालिकाको सहकार्य र नेपाल सि आर एस कम्पनी लगायतका संस्थाहरुको सहयोगमा कार्यक्रम गरीएको हो ।
सोमबार बाट सुरु भएको कार्यक्रम हिजो र आज गरी दुईदिन सम्म सञ्चालन गरीएको आयोजकले बताएको छ । किशोर किशोरीहरुको पहुँचमा बृद्धि गर्ने, समुदायमा ब्यवहार परिवर्तन गर्ने, किशोर किशोरीहरुको विकासकालागि स्थानीयतहले बनाउने योजना तर्जुमा लगायतका कार्यका लागि उक्त कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालाबाट किशोर किशोरीको समग्र विकासका लागि योजनाहरु बन्ने बताइएको छ । उक्त कार्यक्रम रोल्पा जिल्लाका तिन स्थानीय तहमा सञ्चालनमा रहेको छ । रोल्पा नगरपालिका., रुन्टीगढी गाउँपालिका र लुँग्री गाउँपालिका मा कार्यक्रम चलिरहेको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निीसीयन जितबहादुर डाँगीले किशोरकिशोरी प्रजनन स्वास्थ्यको बारेमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले नेपाल र लुम्बिनीप्रदेशमा किशोर किशोरी स्वाथ्य नीतिगत ब्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभयो । रोल्पा नगर पालिकाकाको स्वास्थ्य शाखाको प्रस्तुती नैना घर्तीले गर्नुभयो ।
युएसआईडि किशोर किशोरी स्वास्थ्य परियोजना परिचयका बारेमा कार्यक्रम संयोजक आशाराम चौधरीले प्रस्तुतीकरण गनुएभएको थियो । यस्तै किशोर किशोरीकोे प्रजनन स्वास्थ्यमा लगानी किन बिषयक जानुका कन्दङवाले र समुहगत कृयाकलापको सहजीकरण उपेन्द्र ढकालले गवर्नुभएको थियो ।
२०२२ देखी २०३६ सम्म सन्चालित यस परियोजनाले विशेष त किशोर किशोरीको सचेतनासँग जोडिएको छ । रोल्पा नगरपलिकाका प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा तथा नगर उपप्रमुख गिता आर्चायको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु, विभिन्न सरोकारवालाहरु, नगरपालिका अन्र्तगतका स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्