मालश्री खबर, भाद्र २५ गते रोल्पा ।
नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन मार्फत लुङ्ग्री गाउँपालिकाले गरेको कार्य प्रति बिरोध जनाएको छ । लुङ्ग्री गाउँपालिकाको गाउँकार्यपालिकाको यहि श्रावण २१ को बैठकले गरेको केही निर्णयहरू लगाएत विविध समसामयिक विषयको विरुद्धमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको नेपाली काँग्रेस लुङ्ग्री गाँउपालिकाले जानकारी दिएको थियो ।
लुङ्ग्री गाउँपालिका गाउँकार्यपालिकाको श्रावण २१ गते बसेको गाँउकार्य पालिकाको निर्णय अनुसार गाउँपालिकाले बिना कारण ५ जना करारका कर्मचारीलाई बजेट अभाव देखाउदै तलबको व्यवस्था गर्न गाह्रो भएको भन्दै जागिरबाट निस्काशन गरेको थियो भने गाँउपालिकामा कार्यरत स्वास्थ्य कर्मचारीहरुको खाइपाई आएको तलब समेत घटाइदिएको लगाएतका विषयमा बिराध जनाउदै नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिकाले चरण बद्ध आन्दोलन गर्दै आएको छ ।
गत श्रावण २१ गतेको कार्यपालिकाको बैठक बाट गाँउपालिकामा कार्यर उद्यम विकाश सहजकर्ता धनमला गुरुङ र जानकी माझी, स्वास्थ्यको कर्मचारी स्मृति केसी र बेगमबहादुर रोका र पोषण सहजकर्ता डोरबहादुर खड्कालाई गाउँपालिकाले बजेट अभाव भएको भन्दै हटाउने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिकाले उक्र निर्णयलाई गाँउपालिकाले तत्काल नसच्याएमा आफूहरूले थप ससत्त आन्दोलन गर्ने नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिका सभापति जनक बहादुर खड्काले बताउनु भयो । गाउँपालिकाले गरेको निर्णयमा आफुहरुले असन्तुष्ट जनाउदा जनाउदै पनि उक्त निर्णय नसच्याउदा नेपाली काँग्रेसले पत्रकार सम्मेलन मार्फत गाँउपालिकाले गरेको गलत निर्णयको बिरोध गर्नु परेको सभापति खड्काले बताउनु भएको छ ।
नेपाली कांग्रेस लुंग्री गाउँपालिकाको आयोजना रहेको कार्यक्रममा बोल्दै रोल्पा प्रदेशसभा ‘क’का पार्टी सभापति दुर्गाबहादुर खड्काले बजेट अभाव भएको वाहना गरि गाउँपालिकाले फरक आस्थावान कर्मचारीलाई जागिरबाट निष्काशन गरेको क्षेत्रीय सभापति खड्काले आरोप लगाउनु भएको छ । सभापति खड्काले गाउँपालिका अहिले दम्भपूर्वक चलिरहेको छ, आवश्यकताको आधारमा होइन जता आफ्ना कार्यक्रता छन् त्यतै कार्यकर्तामुखी बजेट अनावश्यक ठाँउमा बाडिराखेको बताउनु भएको छ ।
बस्ती स्तर बाट आएका योजनाका सिफारिसलाई रद्धिको टोकरीमा फाले आफु खुशि बजेत बाडिरहेको आरोप लगाउदै क्षेत्रीय सभापति खड्काले अब पनि गाँउपालिकाले यसै गरि राखे नेपाली कांग्रेस अब टुलुटुलु हेरेर नबस्ने गाँउपालिकालाई चेतावनी दिनु भएको छ । केहि करारका कर्मचारीलाई मन नपरेकै कारण उत्कृष्ट कार्यसम्पादन मूल्यांकन हुँदाहुँदै पनि हताइएको छ तर कति पय गाँउपालिका अध्यक्ष नजिकका आसेपासे केहि कर्मचारीहरुलाई जे गर्न पनि छुट दिएर राखको आरोप लगाउनु भएको छ । अध्यक्षले आफ्नो छोरा, केहि कार्यकर्ता र आफन्त भएकै कारण पञ्जीकरण शाखा र वडामा खटाइएका प्राविधिकको तलब नघटाइएको र जागिर बाट पनि नहटाएको समेत दाबि गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांस कांग्रेस नेताहरुले लुङग्री गाउँपालिकाले कार्यकर्तामुखी बजेट विनियोजन गरेको साथै व्यक्तिवादी विकास हाबी भएको बताएको छन् । उनिहरुले गाउँपालिकाले कुनै क्षेत्रमा आवश्यकता भन्दा बढी अनावश्यक कर्मचारी थप गरेको, साथै आफ्ना नजिकका व्यक्तिहरुलाई रोजगारी दिएको बिकास बजेत पनि त्यसै गरि बाडे्को समेत आरोप लगाएको छन् ।
पत्रकार सम्मेलन मार्फत उनिहरुले तत्काल गाँउपालिका आफुले गरेको निर्णय बाट व्याग नभएमा आफुहरुको आगामी आन्दोलन थप कडा र ससक्त हुने गाँउपालिकालाई चेतावनी समेत दिएको छन् । त्यस पछिको आन्दोलनको स्वरुप जस्तो सुकै पनि हुन सक्ने संकेत गर्दै कांग्रेस नेताहरुले त्यो क्षेन गाँउपालिको लागी थप गहिरो र महंगो हुन सक्ने समेत थप चेतावनी दिएको छन् ।
नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिका सभापति जनक बहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाका सदस्य पुस्त बहादुर पुन रहनु भएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा प्रदेशसभा ‘क’का पार्टी सभापति दुर्गाबहादुर खड्काको विशिष्ट आतिन्यतामा भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिकाका पदाधिकारी, सबै वडाका सभापतिहरू, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, सचिव लोकेन्द्र चन्द, लगाएत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिका उपसभापति मति पुन मदनले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्