भरत विश्वकर्मा,
मालश्री खबर, भाद्र २२ गते, सुलिचौर रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाले गाउँपालिकाको नगर प्रहरी लाई परिचालन गरेर नियमित रूपमा गाउँपालिकाको बजार क्षेत्रका फोहोर व्यवस्थापन, सडक तथा नालाहरूको मर्मत लगाएतका कार्यहरू गरिरहेको छ ।
सुनिलस्मृति गाउँपालिकाले आज नगर प्रहरी परिचालन गरेर सुनिलस्मृति गाउँपालिका २ खुंग्री चतुर्भुज मन्दिर परिसर सरसराई गरेको छ ।
गाउँपालिकाको नगर प्रहरीले चतुर्भुज खुंग्री क्षेत्रमा सडक पेटीमै सञ्चालन गरेका ग्यारेजहरूलाई सडक पेटीमा सञ्चालन नगर्न निर्देशन दिएको साथै यातायात लाई नै आवतजावतमा प्रभाव पार्ने गरि सडकमै पार्किङ गरिरहेका गाडीहरूलाई पनि पार्किङ नगर्न निर्देशन दिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्