मालश्री खबर, भाद्र २२ गते रोल्पा ।
इन्दे्रश्वरी माध्यामिक विद्यालय खेवासेले आज तिज गित सम्बन्धी नृत्य प्रतियोगिता कार्यक्रम गरेको छ ।
रोल्पा नगरपालिका वडा न. १ खेवासेमा रहेको इन्दे्रश्वरी माध्यामिक विद्यालयले शुक्रबारे कार्यक्रम अन्र्तगत नेपाली नारीको चाड हरितालिका तिज नजिकिदै गरेको यो समयमा आज प्रावी, आधारभुत, मावी स्तरीय नृत्य प्रतियोगिता गरेको छ ।
मावी स्तरीय नृत्य प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा १० कि छात्रा राधिका घर्ति प्रथम भएकी छन् । आधारभुत तह स्तरीय नृत्य प्रतियोगितामा कक्षा ७ मा अध्ययन गर्ने छात्रा देविका विक द्धितिय भएकी हुन् । त्यस्तै प्रवी स्तरीय नृत्य प्रतियोगितामा कक्षा ३ मा अध्ययन गर्ने छात्र प्रविन बुढा प्रथम भएको विद्यालयका शिक्षक केबी बिरहीले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।
बाल क्लबका सदस्य भिमबहादुर घर्तिले सञ्चालन गरेको कार्यक्रम निर्णायकमा विद्यालयका शिक्षक केबी बिरही, कुसुम आचार्य र गिता भण्डारी रहनुभएको थियो । पुरस्कार प्रदान विद्यालयका प्रधानाअध्ययापक उदयबहादुर बुढा, शिक्षक कुलमान घर्ति र खड्क बहादुर चौधरीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्