मालश्री खबर, भाद्र २० गते रोल्पा ।
रोल्पा नगरपालिका वडा न. १० मा नेपाली काँग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली काँग्रेस रोल्पा नगरपालिका १० का सभापती बलवहादुर महराको अध्यक्षतामा आज (बुधबार) बासुन्धारामा वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा सम्मेलनमा विगतमा नेपाली काँग्रेसले गरेका कामहरुको समिक्षा र आगामी दिनहरुमा के गर्ने भन्ने बारेमा छलफल भएको नेपाली काँग्रेस रोल्पा नगरपालिका १० का वडा कार्यसमिति सहसचिव गिरिराज थापाले जानकारी दिनुभएको छ ।
अहिलेको सरकारले गरेको कामहरुको बारेमा चिन्ता र चासो नेपाली काँग्रसले राख्ने कर्तव्य रहेकोले अबका दिनहरुमा स्थानिय तहले गरेका सबै खाले कामहरुको चासो र चिन्तनका साथ अगाडी वढ्ने निर्णय भएको बताउनुभयो ।
नेपाली काँग्रेस पार्टी नेपालको पहिलो पार्टी भएपनी नगरपालिका १० नम्बर वडामा भने काखा पाखाको नगरमा राखेर विकास निर्माणका कार्य भइरहेकोले यस तर्फ नेपाली काँग्रसको ध्यान रहेको विषयमा पनि सम्मेलनमा छलफल भएको सहसचिव थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रोल्पा नगरपालिकाका सभापती बलबहादुर महराको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका वरिष्ठ सदस्य तथा पुर्व पार्टी सभापती मानबहादुर खत्री रहनु भएको थियो ।
अतिथिहरुमा नेपाली काँग्रेस पुर्व क्षेत्रिय सदस्य मनिकुमार रोका, किसन संघका अध्यक्ष खिमलाल वली, नेपाली कांग्रेस रोल्पा नगरपालिका कार्यसमिति सदस्यहरु दलमन पुन, हिमा महरा, भिमकुमारी डाँगी लगायत नेपाली कांग्रेसका कृयासिल सदस्यहरुको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस रोल्पा नगरापलिका १० नम्बर वडाका सहसचिव गिरिराज थापाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रोल्पा नगरापलिका १० नम्बर वडाका सचिव टोपबहादुर डाँगीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्