नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको अवसरमा क्याम्पसका विद्यार्थीहरुको रक्त पहिचान

मालश्री खबर
मालश्री खबर १९ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १९ गते रोल्पा ।

जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा अध्ययनरत विद्यार्थीहरुको रक्त समुह पहिचान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिबसको अवसरमा रोल्पा लिबाङमा रहेको जलजला बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरूको आज (मंगलबार) रक्त समुह पहिचान गरिएको हो ।

मानव सेवामा सदा समर्पित विश्व रेडक्रस अभियानको मर्म, भावना र गरिमालाई आल्मसात् गर्दै, रेडक्रसका सिद्धान्तहरुको पालना प्रति नेपाल रेडक्रस कटिवद्ध छ । आज आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा ‘मनैदखीसेवा’ नारालाई आत्मसात गर्दै क्यापसमा अध्ययनरत विद्यार्थीहरुको रक्त पहिचान गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापती डिवि घर्तिमगरले जानकारी दिनुभयो ।

जलजला वहुमुखी क्याम्पस रोल्पामा अध्ययनरत ७७ जना विद्यार्थीहरुको रक्त पहिचान गरिएको छ भने पहिले नै पहिचान गराइसकेका विद्यार्थीहरुले विवरण उप्लब्ध गराएको सभापती घर्तिमगरले बताउनुभयो ।

रक्त पहिचान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य तथा केन्द्रिय स्वास्थ्य समिति संयोजक नौलसिंह पुनमगर, नेपाल रेडक्रस सोसाइटी शाखा रोल्पाका सभापती डी‍बी घर्तिमगर, नेपाल रेडक्रस सोसाइटी शाखा रोल्पाका उपसभापती टिकाकुमारी बुढामगर, रेडक्रसका केन्द्रिय सदस्यहरु, जलजला वहुमुखी क्याम्पसका निमित्त प्रध्यापक श्याम बुढा, क्याम्पसका प्रध्यापक विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्