सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर भदौ १९ रोल्पा ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको सातौ महाधिवेशनमा केन्द्रिय कोषाध्यक्ष पदमा (स्वतन्त्र) उम्मेदवार विक्रम बाठा मगर निर्वाचित हुनु भएको छ ।
मंगलबार सम्पन्न भएको गण्डकी प्रदेशको स्थायी राजधानी पोखरामा भएको अधिवेशनबाट(स्वतन्त्र)उम्मेदवारी दिई दुई प्यानलका प्रतिद्वन्द्वीलाई पछी पार्दै बाठा मगर कोषाध्यक्षमा निर्वाचित हुनु भएको हो।देशभरी बाट १ सय २७ मतदाता मध्ये बाठा मगरले आफ्नो पक्षमा ६६ मत पार्दै(स्वतन्त्र)बाट कोषाध्यक्षमा निर्वाचित भएको जानकारी दिनु भएको छ ।
मेरा दुई कोषाध्यक्ष पदका प्रतिद्वन्द्वी एक जना कृष्ण गोपाल राजथलाले आफ्नो पक्षमा १९ मत पार्नुभयो भने अर्का प्रतिद्वन्द्वी किशोर वरुण श्रेष्ठले २९ मत पार्नुभयो–उनले भने।फेरि थप्दै भन्नुभयो–मेरो केही मत बदर समेत भएको थियो र बदर नभएको भए अझै मेरो पक्षमा मतको संख्या थपिन्थो।मतदान सोमबार ११ बजेसम्म चलेको थियोे।मंगलबार बिहान ४ बजे मत परिणाम घोषणा भएको थियो । बाठा मगर परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका सातौं महाधिवेशनका केन्द्रिय नयाँ कार्यसमिति ः
अध्यक्षः प्रविणकुमार कार्की
बरिष्ठ उपाध्यक्षः बासुदेव भट्ट
उपाध्यक्षः उमेश राजथला
उपाध्यक्षः निर बहादुर सारु
उपाध्यक्षः चतुरलाल चौधरी
महासचिवः घम बहादुर थापा
सचिवः अञ्जना शिवाकोटी
कोषाध्यक्षः विक्रम बाठा मगर
सदस्यः फातिमा बी बी
सदस्यः निर्मला गुरुङ
सदस्यः तुलसी थापा मगर
सदस्यः दिल माया गुरुङ
सदस्यः पुजा खुलाल मगर
सदस्यः आकाशचन्द्र घर्ती मगर
सदस्यः राजेन्द्र धिमाल
सदस्यः सुरज सुनार
सदस्यः विरबल कुँवर
सदस्यः चन्द्र बहादुर तामाङ
सदस्यः अमृत श्रेष्ठ
सदस्यः सुदीप आचार्य
सदस्यः प्रेम कामु मगर
सदस्यः दिपक बि.क.
सदस्यः जितन थापा
सदस्यः विजय पुन मगर
सदस्यः राजन रसाइली
प्रतिक्रिया दिनुहोस्