मालश्री खबर, भाद्र १८ गते रोल्पा ।
नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालय जलजला बहुमुखी क्याम्पसको सभापतिमा गणेश खड्का चयन भएका छन् । नेपाल विद्यार्थी संघ मध्यमश्चिम विश्वविद्यालय जलजला बहुमुखी क्याम्पसको सोमबार (आज) भएको दोस्रो क्याम्पस अधिवेशनबाट खड्का सभापतिमा चयन भएका हुन् । उत्त अधिवेशनले सभापति खड्काका सभापतित्वमा ३३ सदस्यीय इकाई समति गठन गरेकाे छ ।
जसको उप–सभापतिमा समिक्षा बिष्ट र धना विष्ट रहेका छन् । सचिवमा डोल्मा बानियाँ र अंकु पुन, सह–सचिवमा लालकुमारी के.सी र निशाना घर्तिमगर चयन भएका छन् भने कोषध्यक्षमा मञ्जु बुढामगर रहेका छन् ।
सदस्यहरुमा मिना महरा, श्रीपा विष्ट, पदमा गिरी, पुनम बिष्ट, कमला आचार्य, निमा डाँगी, दिलकुमारी घर्ती, नविन आचार्य, तुलसा कुवर, समिक्षा वली, शिक्षा घर्तिमगर, शिखा घर्तिमगर र सरीता डाँगी रहेका छन् ।
नेविसंघ जलजला बहुमुखी क्याम्पस इकाईका सभापति दिपक विष्टको अध्यक्षतामा भएको अधिबेसनमा नेपाली कांग्रेस रोल्पाका सचिव सेरबहादुर थापा, तरुणदलका कार्यवहाक सभापति पशुपति घर्तिमगर, तरुणदलका जिल्ला कोषध्यक्ष प्रताप बुढामगर, नेपाल सांस्कृतिक महासंघका सभापती सागरबाबु पुन, तरुणदल क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिरजपति बुढामगर, नेपाल विद्यार्थी संघका सभापति अनुपम जिसी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेविसंघका जिल्ला सदस्य रमेश थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्