मालश्री खबर, भाद्र १६ गते रोल्पा ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन ईकाई समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार रोल्पाको लिबाङमा भएको अधिवेशनले होमबहादुर पुन लाई पुनः अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्षमा लिलाधर आचार्य, सचिबमा दिनेश आचार्य, सह–सचिबमा बेगम बुढामगर, कोषाध्यक्षमा हिमाल डिसी, सहकोषाध्यक्षमा रिता घर्ती (थापा), सदस्यहरु कालुराम डागी, यामबहादुर गुरुङ र सुकबहादुर रोकामगर निर्विरोध निर्वाचित हुनु भएको छ ।
‘पेशागत दक्षता अभिवृद्धी र व्याबसायिक मर्यादाको लागि अग्रसर बनौ, अर्धन्यायिक निकायमा रहेका बिकृती बिसंगती बिरुद्ध संघर्स गरौ’ भन्ने नारा सहित चौथो अधिवेशन सम्म भएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन ईकाई समिति रोल्पाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्