वडा अध्यक्ष रेशम शर्माको नेतृत्वमा राज्यपोखारी क्षेत्रको सरसफाई

मालश्री खबर
मालश्री खबर १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १५ गते रोल्पा ।

सुनिलस्मृती गाउँपालिका ७ तेवाङ्ग राज्यपोखरी परिसरमा सुनिलस्मृती गाउँपालिका ७ तेवाङका वडा अध्यक्ष रेशम शर्माको नेतृत्व र विभिन्न ब्याक्तित्वहरुको सहभागीतामा सरसफाई गरिएको छ ।

यही भदौ १३ र १४ गतेको भादौरे पुर्णिामाको अवसरमा लागेको भदौरे मेलाले राज्यपोखरी परिसरमा भएको फोहोर लाई सरसफाइ गरिएको हो । सरसफाइका साथै विभिन्न स्थानमा परेको खाल्ताखुल्तीहरुलाई पनि पुरिएको थियो ।

राज्यपोखरी परिसरमा सरसफाइमा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ७ तेवाङका वडा अध्यक्ष रेशम रिजाल, नेकपा माओवादी केन्द्र तेवाङका अध्यक्ष देबेन्द्र घर्ती, नेपाली काङ्ग्रेस पार्टीका वडा सभापति रेमलाल विक, स्थानीय ब्यापारी, बुद्धिजीवी, लगाएतका सरोकारवालाहरुको उपस्तिथिमा सरसफाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्