कालाजार, डेंगु, स्क्रब टाईफस जस्ता रोग सम्बन्धि सचेतता मुलक कार्यक्रम रुन्टीगढीमा

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
2 Min Read
Aa

कमल खड्का/मालश्री खबर भाद्र १० गते, रोल्पा ।
किटाणुद्वारा लाग्ने रोगको बारेमा सचेतना मुलक अन्तरक्रिया कार्यक्रम रुन्टीगढी गाउपालिकामा सुरु भएको छ । जिल्ला स्वास्थ कार्यालय रोल्पाको सहयोगमा भएको कार्यक्रम दुई दिन सञ्चालन हुने भएको छ ।

 

आईतवार सञ्चालन भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेवीका जनप्रतिधी सरोकारवाला निकायहरु बीचमा किटाणु द्वारा लाग्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको हो । उक्त कार्यक्रममा किटाणु द्वारा लाग्ने रोग जस्तै औलो कालाजार ,डेंगु,स्क्रब टाईफस सम्बन्धि जानकारी गराईए थियोे ।

 

रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के.सी को अध्यक्षतामा भएको कार्यक्रमको अथितिमा प्रशासन प्रमुख सानबाबु खड्का रहनुभएको थिथो । कार्यक्रममा किटाणुद्वारा लाग्ने रोगबाट कसरी बच्न सकिन्छ र रोग नियन्त्रण कसरी गर्न सकिन्छ भने बारेमा प्रशिक्षणात्मक जानकारी स्वास्थ कार्यालयका रोल्पाका फोकल पर्सन जितबहादुर डाँगीले दिनु भएको थियोे ।

दुई दिन सम्म सञ्चालन हुने सचेतना मुलक कार्यक्रमको पहिलो दिन सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको छ भने दोस्रो दिन सचेतना मुलक रयाली सहित सर्वसाधारणहरुको बिचमा रुन्टीगढी गाउँपालिकाको प्राङ्गण देखि सुरु भई होलेरी बजार परिक्रमा गर्ने कार्यक्रम रहेका छ ।

पहिलो दिनको कार्यक्रमको सहजीकरण रुन्टगढी गाउँपालिका जनस्वास्थ्य प्रमुख गणेश बुढाले गर्नु भएको हो । दोस्रो दिनको कार्यक्रम रुन्टीगढी गाउँपालिकामा बिहान ११ बजे देखि सुरु हुने भएको छ भने कार्यक्रममा सहभागी हुन र यी रोगको बारेमा सचेत बन्नेको लागि रुन्टीगढीवासीलाई कार्यक्रममा उपस्थितका लागि समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्