ग्लोबल आइएमई बैंकले घर्तिगाउँमा नयाँ एटीएम सेवा संचालनमा ल्यायो

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
3 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर भाद्र १० गते, रोल्पा ।
ग्लोबल आइएमई बैंक लिमिटेडले घर्तिगाउँ बजारमा नयाँ एटीएम सेवा संचालनमा ल्याएको छ । माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँमा ग्लोबल आइएमई बैंक लिमिटेड रोल्पाले आइतबार (आज) बाट एटीएम सेवा सञ्चालनमा ल्याएको ग्लोबल आइएमई बैंक लिमिटेड लिबाङ शाखका प्रमुख दिनेश घर्ती जनाकारी दिनुभएको छ । एटीएम सेवा सञ्चालनमा आए सँगै अब पश्चिम रोल्पाका जनाताहरुले बैंकिङ कारोबार गर्न छिटो र सहज हुने विश्वास लिइएको घर्तिले बताउनु भयो । उक्त एटीएम सेवाको माडी गाउँपालिकाका अध्यक्ष अमरसिङ घर्तीमगरले उद्धघाटन गर्नुभएको होे ।


रोल्पा जिल्ला भर ग्लेबल आइएमई बैंकले सुलिचौरबजारमा एक वटा, लिवाङ बजारमा २ वटा र घर्तिगाउँ बजरमा १ वटा गरी ४ स्थानबाट एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ । ग्लेबल आइएमई बैंकले रोल्पा जिल्ला भर ७ वटा स्थानिय तहमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । रोल्पा नगरपालिका, सुनिलस्मृति, थवाङ, परिवर्तन, माडी, गंगादेव र रुन्टी गढी गाउँपालिकामा शाखा सञ्जाल विस्तार गरी त्यहाँका जनतालाई बैंकिङ सेवा प्रबाह गरीरहेको छ ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल स्थापना गरी सेवा प्रदान गर्ने निजि क्षेत्रको पहिलो बैंक हो । ग्लोबल आइएमई बैंकको ७७ जिल्लामा ३ सय ५४ शाखा रहेका छन् भने एटीएम सेवा ३ सय ६९ स्थानमा सञ्चालन भइरहेको छ । बैंकले ३ सय २२ स्थानबाट शाखा रहित बंकिङ सेवा प्रवाह गरीरहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ६४ वटा एक्सटेन्सन तथा राजश्व संकालन काउन्टरहरु रहेका छन् । यस बैंकको विदेशमा ३ वटा प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ग्राहकरुलाई सेवा प्रदान गरीरहेको छ । २०७९ साल माघ २५ गते बैंक अफ काठमान्डौसँग मर्ज भए पश्चात यस बैंकले करीब ४० लाख बढी ग्राहकहरुलाई निक्षेप, कर्जा, ट्रेड फाइनान्स, रेमिट्यान्स र गैर–कोषमा आधारीत सेवाहरु प्रदान गरीरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सबैका लागि बैंक भन्ने उद्देश्यका साथ अगाडी बढेको यस बैंकले “द बंैक अफ द इयर अवार्ड २०१४”, “बेस्ट इन्टरनेट बंैक २०१६”, “बेस्ट एम्पलायर अवार्ड २०१८”, “नेपालको सर्वश्रष्ठ बैंक” को रुपमा २०२२ मा र इन्फोसिस फिनाकाल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

सन् २००७ मा नेपालमा ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंकको स्थापना भएको थियो । २०८० असार मसान्ताको तत्थ्यांक अनुसार नेपालमा भएका २० वटा वाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकको सबै भन्दा बढी चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्