पहिरोबाट खसेको ढुङ्गा लागेर रोल्पामा एकको मृत्यु

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर भाद्र १० गते, रोल्पा ।

शनिबार माडी गाउँपालिका ६ धाराखोला भारणिबाङ सडक खण्डमा पहिरोबाट खसेको ढुङ्गाले लागेर माडी ५ बाङ्मा निवासी लालि वलीको मृत्यु भएको छ। पहिरो खसेको भाग नीर बाट बाटो क्रस गर्ने क्रममा ढुङ्गा लागेर घटना स्थलमै वलीको मृत्यु भएको हो।

 

छियाछिया भएको शरीर करिव ५०÷६० मिटर मुनी पहिरोसँगै झरेको ढुङ्गा खसिरहेको अवस्थामा शव फेला परेको छ । पहिरो झरी रहेकोले शवको उद्धारमा निकै कठिनाई आएको थियो। इलाका प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

 

इलाका प्रहरी कार्यालय घर्तिगाउँको प्रहरी टोली,माडी गाउँपालिकाका गाउँ प्रहरी र माडी ५ भाबाङका युवाहरुले पहिरो खसिरहेको स्थानबाट जोखिम मोलेर मृतक शवको उद्धार गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्