उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सुनिलस्मृतिले वडा सचिवलाई सम्मान गर्यो

मालश्री खबर
मालश्री खबर ९ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ९ गते रोल्पा ।

सुनिलस्मृती गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरे बापत वडा सचिवलाई सम्मान गरेको छ ।

आ.व. २०७९/०८० को तेश्रो चौमासिकमा उत्कृष्ट कार्यसम्पादन गरे बापत वडा नं. २ का वडा सचिव पुष्कर भारतीलाई सम्मान गरेको सुनिलस्मृती गाउँपालिकाका कम्प्युटर अप्रेटर आशिष आरद्धाजले मालश्री खबर लाई जानकारी दिनुभएको छ ।

काम प्रतिको लगनिशिलता, ईमानदारिता, समयको पालना, कर्तव्यनिष्ठ, कार्यालयको काम, सेवाग्राहीलाई उत्कृष्ट सेवा दिएको भन्दै सुनिलस्मृती गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेलको सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष, बिभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको उपस्थित रहेको थियो ।

त्यस्तै शुक्रबार नै प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलको अध्यक्षतामा कर्मचारीहरुको नियमित बैठक बसेको थियो । बैठकले बिभिन्न बिषयबस्तुमा छलफल गरेको छ । स्थानिय तहको सस्थागत क्षमताको मुल्याङकन गर्ने, कार्यपालिकाले गरेको निर्णयको कार्यान्वयन गर्ने, महालेखा परिक्षकका लागि सबै कर्मचारी तयारी अवस्थामा रहने, गत आर्थिक बर्षको वडा र गाउँपालिकाका कार्यक्रममको समिक्षा भएको थियो । साथै सार्वजनिक वडापत्रको लागि प्रशासन शाखालाई जिम्मा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्