रोल्पामा संगठन विस्तारमा तीब्रता दिदै रास्वपा

मालश्री खबर
मालश्री खबर ९ भाद्र २०८०, शनिबार
3 Min Read
Aa

हिरा बहादुर घर्तिमगर/मालश्री खबर भाद्र ९ गते, रोल्पा ।

माओवादी उद्गम स्थल रोल्पामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले संगठन विस्तारलाई तीब्रता दिएको छ । शनिबार पूर्वी रोल्पाको सुलिचौरमा सम्पन्न जिल्ला समितिको बैठकले जिल्लाका पालिकाहरुमा संयोजक र सह संयोजक चयन गरेको छ ।


रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीका अनुसार बैठकले लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर संयोजक र सागर कुमार थापा सह–संयोजक, त्रिवेणी गाउँपालिकामा रमेश थापा क्षेत्री संयोजक र भुपेन्द्र सिं वली सह–संयोजक, सुनछहरी गाउँपालिकामा बालाराम डाँगी संयोजक, गंगादेव गाउँपालिकामा भुवन केसी संयोजक र चन्द्र वली सह–संयोजक, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी संयोजक, सुनिल स्मृति गाउँपालिकामा विक्रम घर्तीमगर संयोजक र कर्णजङ केसी सह–संयोजक, थबाङ गाउँपालिकामा अमृत डाँगी संयोजक र मनोज कुमार बुढालाई सह–संयोजको जिम्मेवारी प्रदान गरिएको छ ।

 

त्यस्तै माडी गाउँपालिकामा कमल खडका संयोजक र मन प्रकाश केसी सह–संयोजक, परिवर्तन गाउँपालिकामा गण बहादुर केसी संयोजक र श्याम कुमार विक सह–संयोजक र रोल्पा नगरपालिकामा रमेश थापा क्षेत्री संयोजक र एचवि घर्तीमगरलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला निर्वाचन समितिका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ । समितिको सभापतिमा रमेश थापा क्षेत्री, उपसभापतिमा भुपेन्द्र सिं वली र सचिवमा बालाराम डाँगी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा एचवि घर्तीमगर र मुना डाँगी रहेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला अनुशासन आयोग पनि गठन गरेको छ । बालाराम डाँगीको संयोजकत्वम तीन सदस्यीय आयोग गठन गरिएको हो । आयोगका सदस्यमा मुना डाँगी र क्षितिज पुन रहनु भएको छ ।

बैठकले जिल्लाका विभिन्न वडामा वडा समिति गठनका लागि पहल गर्ने निर्णय गरेको छ । वडा वडामा रास्वपा अभियान अन्तर्गत भदौ १७ गते वडा भेला गर्ने, भदौ ३१ गते अभिलेखीकरण प्रमाणित गर्ने, असोज १ देखि २० गते सम्म उमेदवारी आह्वान गर्ने, असोज २१ देखि कार्तिक ९ गते सम्म उमेदवारहरुको नामावली प्रकाशन गर्ने, कार्तिक १० देखि १५ गते सम्म निर्वाचन अन्तर्गत मतदान गर्ने र कार्तिक १८ गते निर्वाचन परिणाम घोषणा गर्ने केन्द्रिय कार्य तालिका रहेको छ ।

 

जिल्लामा पार्टीको गतिविधिलाई तीव्रता दिने जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताउनुु भयो । थापाले भन्नु भयो “रोल्पामा पनि रास्वपाको सांगठनिक गतिविधिलाई तीव्रता दिन लागि परेका छौं । पछिल्लो समय जिल्लामा रास्वपाको सदस्यता लिने क्रम बढेर गएको छ ।”

 

संयोजक थापाले दावी गर्नु भयो “रोल्पामा रास्वपाप्रतिको आकर्षण बढ्दो छ । अन्य पार्टीप्रतिको आकर्षण उनीहरुकै कारण घट्दो छ । पुराना पार्टीबाट जनता आजित भई सके । अबको एक मात्र विकल्प भनेकै रास्वपा नै हो ।”

 

विगतमा माओवादीको आधार इलाकाको रुपमा चिनिएको रोल्पालाई अब रास्वपाको गढको रुपमा चिनाउनु पर्ने समय आएको रास्वपाका जिल्ला सचिव बालाराम डाँगीले बताउनु भयो । डाँगीले भन्नु भयो “विगतमा रोल्पा माओवादीको उद्गम स्थल, आधार इलाकाको रुपमा चिनिन्थ्यो । अब हामी रोल्पालाई रास्वपाको गढको रुपमा चिनाउन चाहान्छौं ।”

प्रतिक्रिया दिनुहोस्