लोकेन्द्र चन्द/मालश्री खबर, भाद्र ६ गते रोल्पा
नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले आफ्नो ४५ औं स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफुल वितरण र सामुदायिक रेडियो मालश्री लिबाङ रोल्पामा समसामयिक बिषयमा रेडियो संवाद गरेर मनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रोल्पाले आफ्नो स्थापना दिवसको अवसरमा बुधबार आज रोल्पा अस्पताल रेउघा रोल्पामा भर्ना भएका १६ जना बिरामीहरूलाई फलफुल वितरण सँगै रेडियो सम्बाद गरेर मनाएको नेपाल रेडक्रस सोसाइटी रोल्पाले जानकारी दिएको छ ।
जिल्ला शाखाले दिवसको अवसरमा बिरामीको स्वास्थ लाभको कामना सहित फलफुल वितरण र रेडियो संवादको आयोजना गरेर आफ्नो ४५ औं स्थापना दिवस मनाएको नेपाल रेडक्रस सोसाइटी रोेल्पाका सभापति डिबी घर्तिमगरले बताउनु भएको छ ।
विपदका समयमा संधै अग्रपंटीमा रहने रेडक्रस जस्तो संस्थाले रोल्पा जिल्लामा पनि विपदका बेलामा हुने सबै खालका दुर्घटनाहरुमा ठुलो सहयोग पुर्याउँदै आएको छ । आगामी दिनहरुमा पनि विपदको जोखिम न्युनिकरणका लागि रेडक्रसले सामाजिक कार्यहरू निरन्तर रुपमा गरि रहने जिल्ला शाखा रोल्पाका मन्त्री अम्मर जि.एमले बताउनु भएको छ ।
आफ्नो स्थापना दिवसको अबसरमा अस्पतालमा आएर बिरामिहरुलाई पोषण युक्त खानेकुरा फलफुल बितरण गरेर बिरामिहरु र अस्पताललाई सहयोग गरेको भन्दै अस्पतालकी निमित्त सुपरिटेन्डेन लोकरत्न ज्ञवालीले नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखालाई धन्यवाद पनि दिनु भएको थियो ।
फलफुल वितरण गर्ने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापती डिबी घर्तीमगर, रोल्पा अस्पताल रेउघा रोल्पाका निमित्त सुपेरिटेण्डेन लोकरत्न ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका उपसभापतीहर टिका कुमार बुढामगर र रुपकला घर्तिमगर, मन्त्री अम्मर जि.एम. नेपाल पत्रकार महासंघ रोल्पाक सचिव लोकेन्द्र चन्द, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका उपमन्त्री धुब्रचन्द्र पुनमगर, सदस्यहरु भगवती मल्ल गोकर्ण प्रसाद पुनमगर र चन्द्र जिएम अस्थायी प्रहरी पोष्ट रेउघाका प्रहरी हवल्दार पुर्ण भण्डारी, स्वसमसेवक गिता डाँगी, रोल्पा अस्पताल रेउघामा कार्यरत स्वास्थ्यकर्मिहरु लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्