हरियाली युवा समाज राङ्सीको तेस्रो वार्षिकोत्सव उद्धघाटन

मालश्री खबर
मालश्री खबर २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

सुरेन्द्र वली/ मालश्री खबर,

भाद्र २ गते रोल्पा ।

परिवर्तन गाउँपालिका २ राङ्सी जंलाखोला हरियाली युवा समाजको तेस्रो वार्षिकोत्सव उद्धघाटन भएको छ । युवा समूहका अध्यक्ष प्रशान्त घर्तीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा परिबर्तन गाउँपालिका २ राङ्सीका वडा सदस्य तथा कार्यबाहक अध्यक्ष जय बहादुर घर्ती मगर रहनु रहनुभएको थियो ।

आदिबासी जनजाती महासंघका केन्द्रिय सदस्य दिपक श्रेष्ठ र परिवर्तन गाउँपालिका २ राङ्सीका वडा सचिब रेग बहादुर डाँगीको विशिष्ट अतिथी रहनु भएको थियो । अतिथिहरु ने.क.पा. माओबादी केन्द्रका परिबर्तन परिवर्तन गाउँपालिका २ राङसीका पार्टी अध्यक्ष खड्क प्रसाद वलि, नेपाली काँग्रेसका पुर्व पार्टी सभापति  बलवीर डाँगी, नेकपा एमाले गाउँकार्य पालिका सदस्य अम्मर राना, सहिदस्मृति युबा कल्ब राङ्सिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर, स्वास्थ्य चौकी राङ्सीका सिनियर अहेब उर्मिला घर्ती, रोल्पा रेडियसन इङलिस बोर्दिङ स्कुलका प्रीन्सिपल कमल वलि, हरियाली युबा समाजका सल्लाहकार भक्तीराम घर्ती, प्राथमिक विद्यालय भलाका का प्रधानाअध्यापक कृष्ण बहादुर वलि, रेडियो सञ्चरकर्मी सुरेन्द्र वलि, दुइखोली दोभान आमासमुह अध्यक्ष दिपा घर्ती लगाएत समाजसेवी, बुद्धिजिबि,पत्रकार,  लगायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम को सञ्चालन श्याम कुमार बि क ले गर्नु भयको थियो भने कार्यक्रममा भलीबल तर्फ १६ टिमको सहभागी रहेको छ । संगै पुरुष भलिबल, आमा समूह नाच, एकल नृत्य, घैताफोर प्रतियोगिता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्