भरत विश्वकर्मा/ मालश्री खबर
भाद्र १ गते रोल्पा ।
रोल्पा नगरपालिका वडा नम्बर २ र ४ मा अवस्थित लिवाङ बजारको आज अनुगमन गरिएको छ । अनुुगमन घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजना, जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाको संयोजकत्व र विभिन्न सरोकारवालाहरुको उपस्थितिमा गरिएको थियो ।
रोल्पा नगरपालिकाको वडा नम्बर २ र ४ मा अवस्थित लिवाङ बजार क्षेत्रमा रहेका किराना पसल, तरकारी पसल, नास्ता पसल, होटेल, लगाएत ८० वटा पसलहरुको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्माले बताउनु भएको छ । अनुगमनको क्रममा केही मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको र त्यसलाई जफट गरिएको र त्यसलाई नष्ट गरिने उहाँले बताउनु भएको थियो ।
बजार अनुगमन गर्दा पहिलेको अवस्था भन्दा अहिले धेरै सुधार भएको सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाले बताउनुभएको छ । पहिलेको अवस्थामा बजार अनुगमन गर्दा धेरै पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएका थिए तर अहिले त्यस्तो अवस्थामा धेरै सुधार भएको बताउनु भएको थियो । अहिले केहि पसलहरुमा बाहेक प्राय पसलहरुमा मुल्य सुचि तास गरेर व्यापार गरिरहेको र मुल्य सुति नराखेर व्यापार गरेका व्यापारिलाई चाडै मुल्य सुचि सवैले देख्ने ठाउँमा राख्न अनुरोध गरिएको खतिवडाले बताउनु भएको छ । साथै दर्ता नगरेर सञ्चालन गरेका र नविकरण नगरेका पसललाई नविकरण गरेर सञ्चालन गर्न आग्रह समेत गरेको उहाँले बताउनुृभएको छ ।
बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्मा, सहायक प्रमुृख जिल्ला अधिकारी लेखनाथ खतिवडा, घरेलु तथा साना उद्योग कार्यालयका अन्य कर्मचारी, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक अम्मर सिंह खड्का, सशस्त प्रहरी रोल्पाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, विभिन्न उपभोक्ता समितिका प्रतिनिधि लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्