नगरपालिकाद्वारा टुँडिखेलमा निर्मित बाल तथा अपाङ्गमैत्री शौचालयको उद्घाटन

मालश्री खबर
मालश्री खबर १ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर,
भाद्र १ गते रोल्पा ।

रोल्पा नगरपालिकाद्वारा रोल्पा नगरपालिका वडा नम्बर ४ टँडिखेलमा निर्माण गरेको बाल तथा अपाङ्गता मैत्री शौचालयको आज एक कार्यक्रमको बिच उद्घाटनगरिएको छ । शैचालय उद्घाटन रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिमगरले गर्नुभएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर ४ टुँडिखेल लिवाङमा बनाइएको उक्त शैचालय रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तिमगरद्वारा रोल्पा नगरपालिकाको ४ नम्बर वडा कार्यालयलाई संरक्षणको लागि जिम्मा दिइएको छ । उक्त शैचालय प्रयोगको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी उक्त वडा कार्यालयले गर्ने भएको छ ।

लिवाङ बजार रोल्पा जिल्लाको सदरमुकाम भएको साथै मुख्य व्यापारिक केन्द्र पनि भएकोले यहाँ विभिन्न कामले मानिसहरुको आवतजावत हुने भएको कारण उक्त स्थानमा व्यवस्थित सार्वजनिक शैचालयको अत्यन्त आवश्यक भएकोले यस टुँडिखेल क्षेत्रमा शैचालयको निर्माण गरिएको रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिले बताउनु भएको छ । बजार क्षेत्रमा गाउँघरमा उत्पादन भएका विभिन्न प्रकारका उत्पादिन वस्तुहरु विक्रि गर्न आउने व्यक्तिहरुको लागि विशेष गरेर सार्वजनिक शैचालय नभएको कारण समस्या भएकामा अव त्यस्तो खालको समस्याको सामना गर्न नपर्ने उहाँले बताउनु भएको छ ।

सवैको लागि उपयृुक्त हुने गरि बाल तथा अपाङ्गमैत्री शैचालयको निर्माण गरिएको साथै सर्वसाधारण सबैको लागि निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गराएको रोल्पा नगरपालिकाका नगर उपप्रमुख गिता आचार्यले बताउनुभएको छ । यो शैचालय सबैको साझा भएकोले यसको संरक्षणको लागि पनि सवै सरोकारवालाले ध्यान पु¥याउनु पर्ने पनि उहाँले बताउनुभएको छ । साथै शैचालयको प्रयोग गरिसकेपछि सरसफाईको कुरामा पनि विशेष ध्यान दिन सवैलाई आग्रह समेत गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा रोल्पा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ, नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिकाका अध्यक्ष फबिन्द्र आचार्य, नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, टोल विकास समितिका प्रतिनिधि, विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्