स्वीकृती बिना सूचना तथा विज्ञापन छपाई र प्रशारणमा लुंग्री गाउँपालिकाले रोक लगायो

मालश्री खबर
मालश्री खबर ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, श्रावण ३१ गते रोल्पा/ 

लुंग्री गाउँपालिकाले गाउँपालिकाको लिखित सम्झौता तथा पूर्व स्वीकृती वा सम्झौता विना नै गाउँपालिकासँग सम्बन्धीत सूचना तथा विज्ञापन छपाई र प्रशारण नगर्न आग्रह गरेको छ ।

सूचना, सञ्चार र छापा सम्बन्धी सेवा प्रदायक सबैलायाई गाउँपालिकाले श्रवाण ३१ गते आज एक सूचना निकाल्दै उक्त कुरा जानकारी गराएको छ ।

लुंग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाद्धारा हस्ताक्षरीत सूचनामा गाउँपालिकासँग सम्वन्धित सूचना, शुभकामना सन्देश, विज्ञापन, जनहितमा जारी सन्देश एवम् अय विषयहरु समेटिएका सूचना प्रकाशन तथा प्रसारण गर्दा गाउँपालिकासँग लिखित सम्झौता तथा पूर्व स्वीकृति लिनु पर्ने बताइएको छ ।

गाउँपालिकाको पूर्व स्वीकृती वा सम्झौता विना सूचना प्रकाशन तथा प्रसारण वापत सिर्जित आर्थिक दायित्व गाउँपालिकाले वहन नगर्ने जनाएको छ । साथै त्यस्ता सूचना प्रकाशन तथा प्रसारण वापतको रकम समेत भुक्तानी नगर्ने सूचनामा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्