सुनिलस्मृतिद्धारा सुलिचौर–रुइनिबाङ जोड्ने अवरुद्ध गोरेटो बाटोको मर्मत

मालश्री खबर
मालश्री खबर ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, श्रावण ३१ गते रोल्पा/

सुनिलस्मृति गाउँपालिकाले बन्द नाला तथा अवरुद्ध बाटोको मर्मत गरेको छ । सुलिचौर रुइनिबाङ जोड्ने फगाम खोलाको झोलुंगे पुल नजिकै माथिबाट आएको पहिरोको ढिस्कोले गोरेटोबाटो अवरुद्ध भएको थियो ।

बुधवार नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा अवरुद्ध बाटोको मर्मत गरिएको गाउँपालिले जनाएको छ । गाउँपालिकाले सोही बोटो मर्मतकै क्रममा ढल व्यस्थापनको लागि बनाइएको नाला बन्द भएकाले उक्त नाला पनि सफाई गरीएको गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर आशिष भारद्वावजले जानकारी दिनु भयो ।

गाउँपालिकाले बाटोलाई ओगट्ने गरी बनाईएको टिनको टहरो पनिहटाएको जनाएको छ । अवरुद्ध बाटो मर्मत पछि रुइनिबाङ–सुलिचौर बजारमा आवत जावतमा सहज भएको छ भने टिनको टहरो हटाउदा बाटो फराकिलो भएको छ ।

बन्द नाला तथा अवरुद्ध बाटोको मर्मत गर्न स्वतस्फुर्त रुपमा सहभागी भएकोमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले आभार प्रकट गर्नु भएको छ । उत्त अभियानमा समाजसेवी तथा वुद्धिजिवी शालिकराम सुवेदी, मिलन रोका लगाएत स्थानीयको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्