लोकेन्द्र चन्द /मालश्री खबर, श्रावण २९ गते रोल्पा ।
अबिरल बर्षाद सँगै अबरुद्ध भएको सडग खोल्न युवाहरु श्रमदानमा जुतेका छन् । केहि दिन देखि लगातार परेको अबिरल बर्षादकोले गर्दा सुनिलस्मृती गाँउपालिका सुलिचौर देखि लुङ्ग्री गाँउपालिका जुतुङखोला सम्म जोड्ने सडक पहिरोको कारण ठाँउ ठाँउमा सडक अबरुद्ध भए पछि सडक खोल्न स्थानीय यूवा क्लवका यूवाहरु सक्रिय भएर लागेका हुन ।
लुङ्ग्री गाँउपालिका वडा न. ३ जुतुङखोलामा रहेको ताल पोखरी युवा क्लबका अध्यक्ष महेन्द्र न्यौपानेको नेतृत्वमा अबरुद्ध सडग खोल्नको लागी युवाहरु श्रमदानमा लागेको त्यँहा बाट याम उदासी क्षेत्रीले जानकारी दिनु भएको छ । युवाहरुको लामो प्रयास पछि अबरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन सफल भएको क्षेत्रीले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ । अबरुद्ध सडक खुलाउनको लागी बिहानै बाट युवाहरु सडक मर्मत कार्यमा लागेका थिए ।
अबरुद्ध सडक खुलाउनको लागी, ताल पोखरी युवा क्लबका सचिब नुमराज पुन, क्लबका खेलाडी झपेन्द्र खड्का र खिमबिक्रम खड्का , क्लबका अन्य सदस्य पदाधिकारीहरु विशाल खड्का ए, विशाल खड्का बि, तुलराम न्यौपाने, मोहन खड्का, प्रकाश बानिया, प्रतिभा क्लिनिक सन्चालक कृष्ण रोका, वडा न. ३ का वडा सदस्य प्रेम बहादुर खड्का लगाएतका ब्यतिहरुको सहभागिता रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्