मालश्री खबर/
श्रावण २४ गते रोल्पा ।
स्थानिय तह कर्मचारीहरुका लागि क्षयरोग, एच.आइ.भी र मलेरियाको बिषयमा समिक्षात्मक अभिमुखिकरण कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा सेभ–द चिल्ड्रेन बुटवलको आर्थिक एवं प्राबिधिक सहयोगमा मंगलवार एक कार्यक्रमका विच अभिमुखिकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रोलले जानकारी दिनुभयो । जिल्लाको स्थानिय तहहरुमा क्षयरोग, मलेरिया र एच.आई.भी को हालको अवस्था, यी रोगहरुको बारेमा नागरिकलाई कसरी सु–सूचित गर्न गर्ने र आगामि दिनहरुमा यस्ता रोगहरु बिरुद्ध लड्न कस्तो तयारी गर्न सकिन्छ, भन्ने बारेमा गहन छलफल तथा अन्तर्कृया गरिएको थियो ।
स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण सेभ–द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंह र कार्यक्रम संयोजक सुबाश श्रेष्ठको गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यलय रोल्पाका ल्याब टेक्निसियन निरिक्षक जितबहादुर डाँगीले गर्नु भएको हो । अभिमुखिकरण कार्यक्रममा रोल्पा जिल्लाका १० वटै स्थानियतहका स्वास्थ्य शाखा प्रमुख, योजना शाखा प्रमुख, महिला तथा वालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुखहरुको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्