मालश्री खबर/
श्रावण २४ गते रोल्पा ।
रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराले रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ तिला नजिकैको रिचिमा भएको दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।
श्रावण २३ गते परिवर्तन गाउँपालिकाको बागमारा रोल्पा देखि दाङको घोराही जादै गरेको ना ५ ख २६१२ नम्बरको यात्रु बाहक बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ तिला नजिकै रिचिमा दुर्घटना भई बसमा सवार मडी गाउँपालिका वडा नम्बर ४ का गोर्खे डांगी, निजको श्रीमती हस्ता डाँगी, सोही गाउँपालिका वडा नम्बर २ का प्रकाश बांठा र परिवर्तन गाउँपालिका वडा नम्बर ३ का भक्त बि.क को दुखद निधन भएको थियो ।
उक्र दुखद निधन प्रति दुःख प्रकट गर्दै मृतक सबैलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै घटनाबाट घाइते भएका प्रति शिघ्र स्वास्थ्यल लाभको कामना समेत व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्