लोकेन्द्र चन्द /श्रावण २४ गते रोल्पा ।
“जलबायु अनुकुलनको आधार, व्यवस्थित एकीकृत जलाधार” भन्ने मुलनाराको साथमा भू सरक्षण दिवस-२०८० रोल्पामा पनि मनाइएको छ । भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पाको आयोजना, रोल्पा अस्पताल रेउघा रोल्पा र रोल्पा नगरपालिका वडा न.२ को समन्वयमा र जिल्ला स्थित सम्पुर्ण सरोकारवाला पक्षहरुको उपस्थितीमा रोल्पा अस्पताल रेउघाको परिसरमा बृक्षारोपण गरेर मनाइएको भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पाका बताइएको छ ।
जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख उपस्थिती र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको बिशेष उपस्थितीमा अस्पताल परिसरमा निगालो बासको बिरुवा रोपिएको हो । बासको बिरुवा रोप्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यले भू संरक्षण गरेर वातावरन सन्तुलन राख्नको लागी र जमिनको संरक्षन गर्नमा महत्वपुर्ण प्रयास गरेको भन्दै भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पालाई बिशेष धन्यबाद दिनु भएको छ । बिरुवा रोप्नु जत्तिकै त्यसको संरक्षण र गोडमेल गर्न आवश्यक हुने रहने भन्दै प्रमुख आचार्यले रोपिएका बिरुवाको संरक्षण गर्न समेत सुभाब दिनु भएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भू सरक्षण दिवसको अवसर पारेर भू संरक्षण गर्नको लागी ठुलो प्रयास गरेको भन्दै भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पालाई धन्यबाद दिनु भएको छ । प्रत्यक बर्ष धेरै बिरुवाहरु रोपिन्छन् तर बिरुवाहरु संरक्षणको पातोका ध्यान नदिदा त्यतिकै बिरुवा सुकेर जाने भएको हुनाले संरक्षण गर्नु पर्ने बताउनु भएको छ । समय समयमा गोडमेल र मलपानीको व्यवस्थापन गर्न सकेमा रोपिएका सबै बिरुवाहरु राम्रो सँग हुर्कने भएको हुनाले त्यस तर्फ पनि सबैको उत्तीकै ध्यान जान आबश्यक रहेको समेत बताउनुु भएको छ ।
त्यस्तै रोल्पा नगरपालिका वडा न. २ का वडा अध्यक्ष प्रकाश डाँगी रोपिएका बिरुवाहरुको संरक्षण गर्नु पर्ने आफुहरुको पनि दायित्व भएको भन्दै बिरुवा हुर्काउनको लागी आफु र सिङगो वडाले पनि सक्दो पहल र सहयोग गर्ने बताउनु भएको छ ।
अस्पताल बिकास वोर्डका अध्यक्ष फबिन्द्र आचार्यले अस्पताललाई पहिरो बाट संरक्षण गर्नको अति आवश्यक भएको क्षेत्रमा बृक्षारोपनको आयोजना गरेर भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पालाई बिशेष धन्यबाद दिनु भएको छ । जिल्लाका सबै सरोकारवाला पक्षहरु आएर बिरुवा रोपे पनि अब यसको संरक्षण र हुर्काउने पहिलो दायित्व अस्पतालको भएको बताउनु भएको छ । अब अस्पतालमा कार्यरत सबै कर्मचारीहरु लागेर रोपिएका बिरुहरुको समय-समयमा गोडमेल मल पानीको व्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवट महराले बताउनु भएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नु अवस्था रहेको हुनाले अजै बाट सबै जना भू संरक्षणमा लाग्नु पर्ने भू तथा जधालार व्यस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोबट महराले बताउनु भएको छ ।
बृक्षा रोपन कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, बटुक दल गण रोल्पाका प्रमुख सेनानी बिके सिंह बिक, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारु मगर, ससत्र प्रहरी बल रोल्पाका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णु दत्त अवस्थी, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदी, प्रमुख अनुसन्धान अधिकृत कुशल थापामगर, मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्ली न्यौपाने, नापी कार्यालय रोल्पाका कार्यालय प्रमुख शिबराज पोख्रेल, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारु, रोल्पा अस्पताल रेउघा रोल्पाका नित्तित सुपरिटेन्डेन लोकरत्न ज्ञवाली लगाएत जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सुरक्षाकर्मि स्वास्थ्यकर्मि पत्रकार, स्थानिय नागरिक लगाएतको सहभागिता रहको थियो ।
प्रतिक्रिया दिनुहोस्