त्रिवेणी ७ रिचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, श्रावण २३ गते, रोल्पा ।

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भएको छ ।

मंगलबार (आज) परिवर्तन गाउँपालिकाको बागमारा देखि दाङको घोराही तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै रिची भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनमा परी ३ जना गम्भीर गाइते भएका छन् । अन्यको अवस्था सामन्य रहेको बताइएको छ । बसमा १८ जना यात्रु सवार थिए ।

घाइतेहरुको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरीरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्