सुनिलस्मृति गाउँपालिकाको २२ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण पत्रकारहरुलाई पत्रचार

मालश्री खबर
मालश्री खबर २० श्रावण २०८०, शनिबार
2 Min Read
Aa

 

 

सुलिनस्मृति गाउँपालिकाले यहि २२ गते गर्न लागेको बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुलाई पत्राचार गरिएको छ । आर्थिक वर्ष २०७९–०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिका लागि पत्रचार गरिएको गाउँपालिकाले जनाएको छ ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि गाउँपालिका र विभिन्न वडाहरुले सुचना समेत सार्वजनिक गरेका छन । गाउँपालिकाको केन्द्र सुनिलस्मृति गाउँपालिका वडा नं. ४ सुलिचौर एलिशा होटेलमा कार्यक्रममो आयोजकना गरिको गाउँपालिकाले जानकारी दिएको छ ।

 

सुनिलस्मृति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलद्वारा हस्ताक्षेरित सुचनामा नेपाल पत्रकार महासंघ, रोल्पा, रेडियो रोल्पा रोल्पा, रेडियो जलजला रोल्पा, रेडियो मालश्री लिबाङ, रोल्पा, रेडियो सभ्यता, सुलिचौर रोल्पा, रेडियो स्वर्गभूमि, भिङ्ग्री प्यूठान लगायतलाई पत्राचार गरिएको जानकारी दिइएको छ । त्यस्तै उपस्थितिका लागि रोल्पा समाचार साप्ताहिक लिबाङ रोल्पा, जुनकिरी सञ्चार साप्ताहिक लिबाङ रोल्पा, सनस्टार साप्ताहिक लिवाङ रोल्पा, जन आकांक्षा साप्ताहिक लिबाङ रोल्पा, सुनछहरी साप्ताहिक लिवाङ रोल्पा लगायतका पत्रिकाहरुलाई पत्राचार गरिएको छ । जिल्लाका केन्द्रिय पत्रिकाहरुमा काम गर्ने पत्रकारहरु काशिराम डाँगी कान्तिपुर दैनिक, खेम बुढा अन्नपूर्ण दैनिक, दिनेश सुवेदी नागरिक दैनिक, महेश न्यौपाने अनलाईन खवर, भरत नेपाली, सगरमाथा टेलिभिजन, माधव कुमार ओली नेपाल टेलिभिजन, मिनराज रोका कान्तिपुर टेलिभिजन, उमा के.सी. रासस लगायतलाई पत्राचार गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थितिका लागि निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, राजनीतिक दल, पत्रकार, नागरिक समाज, संघसंस्थाहरु, विभिन्न उपभोक्ता समिति, टोल विकास संस्था लगायत सम्पूर्ण आम नागरिकहरुलाई आग्रह गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम श्रावण २२ गते विहान ठिक १०ः३० वजेबाट कार्यक्रम सुरु हुने सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्