रोल्पा अस्पताल परिसरमा कर्मचारीद्वारा सरसफाई

मालश्री खबर
मालश्री खबर १३ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, श्रावण १३ गते रोल्पा ।

रोल्पा अस्पताल रेउघा परिसरमा सरसफाई गरिएको छ । शुक्रबार रोल्पा अस्पताल परिसरमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीको उपस्थितीमा सरसफाई गरिएको रोल्पा अस्पताल रउघाका अस्पताल व्यबस्थापन अधिकृत शशी लामिछानेले जानकारी दिनुभयो ।

अहिलेको समयमा अन्य ठाउँमा डेंगुको संक्रमण बढीरहेकोले रोल्पा अस्पताल परिसरमा डेंगु फैलाउने लामखुट्टेको वृद्धि रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्नको लागि सरसफाई अभियान सञ्चालन गरिएको बताइएको छ ।

रोल्पा अस्पतालले हरेक शुक्रबार अस्पताल परिसरमा सरसफाई अभियान सञ्चालन गरिरहेको अधिकृत शशी लामिछानेले मालश्री खबरलाई जानकारी दिनुभयो ।

अस्पतालमा आएका बिरामीहरु र कुरुवाहरुले आफुले प्रयोग गरेको वा खाएका फलफुलका बोक्रा, पानिका बोतल, पलास्टिक लगायतका फोहोरहरु, फोहोर व्यबस्थापन ठाउँमा अथवा फाहोर संकलन गर्ने स्थानमा राखिदिएमा सरसफाई अभियानमा आफुहरुलाई सहज हुने अधिकृत लामिछानेको भनाई रहेको छ ।

   

प्रतिक्रिया दिनुहोस्