रोल्पा अस्पताल परिसरमा भुजेत्रोको विरुवा रोपियो

मालश्री खबर
मालश्री खबर १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, श्रावन १० गते, रोल्पा ।

 

रोल्पा अस्पताल रेउघाको नवनिर्मित भवन परिसरमा विरुवा रोपिएको छ । रोल्पा अस्पताल रेउघा रोल्पाको आयोजनामा अस्पताल परिसरमा आसर ९ गते (सोमबार) विरुवा रोपिएको हो । अस्पताको तल्लो भागका भिरालो साथै कमजोर भुभागमा भुजेत्रो जातको विरुवा रोपिएको जलधार व्यवस्थापन कार्यालय रोल्पाका प्रमुख रोवर्ट महराले जानकारी दिनुभएको छ ।

अस्पताल परिसरमा करिब ७÷८ सय भुजेत्रोको विरुवा रोपिएको छ । भुजेत्रो जिल्लामै पहिलो पटक जलधार व्यवस्थापन कार्यालय रोल्पाको नर्सरमिा उत्पादित विरुवा भएको समेत महराले जानकरी दिनुभएको छ । साथै महराले अस्पतालको तल्लो भागमा जलधार व्यवस्थापन कार्यालय रोल्पामा उत्पादित बाँसको कल्म विरुवा रोप्ने समेत बताउनुभएको छ ।

वृक्षारोपण र्काक्रममा जलधार व्यवस्थापन कार्यालय रोल्पाका प्रमुख रोवर्ट महरा, रोल्पा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश डाँगी, रोल्पा अस्पताल रेउघाका निमिक्त सुपरीटेन्डेन्ट लोकरत्न ज्ञवाली लगाएत स्थानियको उपस्थिती रहेको थियो ।


जलधार व्यवस्थापन कार्यालय रोल्पाले १२ हजार ५ सय भुजेत्रोको विरुवा, १ सय ५० वटा बाँस र ४ हजार ५ सय डाले घाँस प्रजातिको टाँकीको नर्सरी विरुवा उत्पादन गरेको छ । धेरै गहिरो सम्म जरा जाने घाँस प्रजातीको भुजेत्रोले मूख्यतयः भुक्षय, पहिरो र माटो बग्ने कामलाई रोक्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्