बामरुकका तीन किशोरीलाई छात्रवृत्ति प्रदान

मालश्री खबर
मालश्री खबर ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर श्रावन ६ गते, रोल्पा ।
रोल्पा नगरपालिका १ बामरुकका तीन किशोरीहरुलाई छात्रवृत्ति वितरण गरीएको छ । सुर्यमुखी किशोरी समुहका सरीता महरा, चित्रा वि.क र सिता सार्कीले छात्रवृत्ति पाएका छन् । माहुरी होमद्धारा सञ्चालित रुपान्तरण किशोरी समूहहरुको छात्रावृत्ति कार्यक्रम अन्तर्गत सिमान्तकृत किशोरीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरीएको हो ।

    

यु.एन.एफ.पिएको आर्थिक सहयोगमा शुक्रबार एक कार्यक्रमका बिच विद्यालयको शिक्षालाई थप टेवा पुग्ने गरी झोला र स्टेशनरीका सामाग्री वितरण गरीएको यु.एन.एफ.पिए रोल्पाका संयोजक केदार राणाले जनाकारी दिनु भयो । रोल्पा नगरपालिकाका उप्रमुख गिता आचार्य, यु.एन.एफ.पिए रोल्पाका संयोजक केदार राणा र माहुरी होमका अध्यक्ष प्रेम जैसुवालको उपस्थितिमा छात्रवृक्ति विरतण गरीएको बताइएको छ ।

रोल्पा जिल्ला भर २० वटा रुपान्तरण समूह रहेका छन् । ति मध्ये रोल्पा नगरपालिकामा नगरपालिकाको समन्वयमा मा ७ वटा समूहहरु सञ्चालन हुदै आएको छ । नगरपालिकामा सञ्चालन भइरहेको रुमान्तरण समूहमा १ सय ४० जना किशोरकिशोरीहरु आबद्ध छन् । नगरपालिका भित्रका अन्य ६ वटा समूहका किशोरीलाई पनि छात्रवृत्ति विरण गर्ने कार्यक्रम बाँकी रहेको राणाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्