तेवाङ र अरेशमा अति विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर ३१ असार २०८०, आईतवार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर असार २९ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले अति विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । दलित उत्थान कार्यक्रम अन्तर्गत अति विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

सुनिलस्मृति गाउँपालिकाले चालु आर्थिक वर्षबाट गाउँपालिकाको प्रत्यक वडाबाट २०/२० जना अति विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ । सोही अनुसार गाउँपालिकाले आज (आईतबार) वडा नम्बर ७ तेवाङ र वडा नम्बर ८ अरेशका २०/२० जना गरी जम्मा ४० जना अति विपन्न दलित विद्यार्थीहरुलाई १/१ वटा झोला, २०/२० वटा कापी, १०/१० वटा पेन्सील १०/१० कलम लगाएत अन्य शैक्षिक समाग्री वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उक्त कार्यक्रम अति विपन्न दलित लक्षित भएको भन्दै यसमा, अति विपन्न दलित विद्यार्थीलाई मात्र शैक्षिक सामाग्री वितरण गरेको बताउनु भएको छ । गरिबीको कारण सुनिलस्मृति गाउँपालिका भित्रका कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोउन भन्ने लक्ष्यका साथ गाउँपालिकामा अन्य विपन्न विद्यार्थी भए पालिकाले ति विद्यार्थीहरुलाई पनि सहयोग गर्ने अध्यक्ष बुढाथोकीको भनाई रहेको छ । साथै विद्यार्थीहरुलाई वितरण गरीएको शैक्षिक सामाग्रीको सही सदुपयोग गरी पढाईलाई राम्रो बनाउन आग्रह समेत गर्नु भएको छ ।

वडा नम्बर ७ को शैक्षिक सामाग्री वितरण कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रेशम शर्माको अध्यक्षता रहेको थियो भने वडा नम्बर ८ को शैक्षिक सामाग्री वितरण कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष धनराज रोकाको अध्यक्षता रहेको थियो । शैक्षिक सामाग्री वितरण कार्यक्रमा कार्यपालिका सदस्यहरु तुल्सी सुनार र नेमलाल परियार, विद्यार्थी र ति विद्यार्थीका अविभावकको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक देवराज घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्