होलेरीमा हाटबजारको अध्यक्ष पुनद्वारा विधिवत रुपमा उद्घाटन

मालश्री खबर
मालश्री खबर ३१ असार २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर असार ३१ गते, रोल्पा ।

रुन्टीगढी गाउँपालिकाको होलेरीमा हाटबजार संञ्चालनमा आएको छ । उक्त हाटबजार शनिबार एक कार्यक्रमका बिच रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले उद्वघाट्न गर्नुभएको हो ।

हाटबजार रुन्टीगढी गाउँपालिकाको १० लाख, समुन्ति परियोजनाको १० लाख, रुडास नेपाल गोल २ परियोजना को ८ लाख, रुडास नेपाल प्रक्याव परियोजनाको ३ लाख र जन श्रमदान ३ लाख ९९ हजार गरि ३४ लाख ९९ हजारको लागतमा हाटबजार समिति द्वारा सम्पन्र भएको हो ।

कार्यक्रम हाटबजार समितिका अध्यक्ष चन्द्र महराको अध्यक्षता उद्वघाटन भएको हो । हाटबजार उद्वघाटन कार्यक्रमको प्रमुख अथितिमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो भने अतिथीहरुमा गाउँपालिका बिभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख, मङ्गल ज्योति ताजा तरकारी कृर्षि हाटबजारका उपाध्यक्ष लगाएत कृषक र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले विगत लामो समयदेखि अलपत्र अबस्थामा रहेको हाटबजार संञ्चानमा आएको भन्दै गाउँपालिका संगै समन्वय गर्ने संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनिहरुले हाटबजार संञ्चालनमा ल्याउनु र बनाउन मात्र ठुलो कुरा नभएको भन्दै यसलाई दिर्घकाल सम्म निरन्तरता दिदै संञ्चालन गर्न र विगत झै अल्पत्र नबनाउन हाटबजार समितिलाई अनुरोध गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष जनक पुनले बिभिन्र बाधा अबरोधका बिचमा पनि आफुहरु हाटबजार संञ्चालन गर्न सफल भएको बताउनु भएको छ । साथै हाटबजार संञ्चालन गर्दा जस्तो सुकै अबस्था आएपनि नरोकिने र अन्य छिमेकी गाउँपालिका भन्दा रुन्टीगढी गाउंपालिका उत्कृष्ट र राम्रो हुने बताउनु भयो । त्यस्तै व्यापारिहरुको समस्या पनि ग्यारेन्टि गर्ने भन्दै उहाले अब बिचौलिया भन्ने शब्दको अन्त्य भएको र कृषकको उत्पादनले बजार पाउनेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो ।

हाटबजार संञ्चालन समितिका अध्यक्ष महराले भने जे–जस्तो भएपनि हाटबजार संञ्चालन गर्न सफल भएको भन्दै हाटबजार संञ्चालन गर्दा सहयोग गर्न सम्पुर्णलाई धन्यवाद दिदै थप सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । हाटबजार हप्ताको २ दिन शनिवार र मङगबार लाग्ने महराले जानकारी दिनुभयो । कार्यक्रमको संञ्चालन रुडास नेपाल गोल २ परियोजना प्रमुख बासुदेव पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्