भरत विश्वकर्मा,मालश्री खबर, असार २९ गते रोल्पा ।
नेपाली साहित्यमा आदिकवीका नामले परिचित भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अबसरमा राप्ति साहित्य परिषद् रोल्पा शाखा र लुम्विनी वाङ्मय प्रतिष्ठान रोल्पा शाखाको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन जलजला बहुमुखी क्याम्पस रोल्पाको व्यवस्थापनमा जलजला बहुमुखि क्याम्पस लिवाङ रोल्पाको परिसरमा वृक्षा रोपन, अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम राप्ति साहित्य परिषद् रोल्पा शाखाकी अध्यक्ष कविता उपाध्ययको अध्यक्षता तथा जलजला बहुमुखि क्याम्पस लिवाङ रोल्पाका क्याम्पस प्रमुख खेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
भानु भक्त आचार्य नेपाली भाषाको माध्यममा कविता रचना गर्ने एक पहिलो नेपाली कवि भएको कारण उहाँको सम्झनामा जन्म जयन्तीको अबसरमा कार्यक्रम गरिएको राप्ति साहित्य परिषद् रोल्पा शाखाका अध्यक्ष कविता उपाध्ययले बताउनुभयो । धेरै कविहरुले तत्कालीन समयमा संस्कृत भाषाको माध्ययमबाट कविता लेख्ने गर्दथे, तर सबै नेपालीहरुले संस्कृत भाषा नबुझ्ने भएको कारण संस्कृत भाषामा रहेको रामायणलाई समेत नेपाली भाषामा अनुवाद गरि नेपाली भाषा बोल्ने व्यक्तिले समेत अध्ययन गर्न वातावरण तयार पार्ने एक पहिलो कवि भएको कारणले गर्दा पनि उहाँको सम्झनामा जन्म जयन्तीको अवसरमा वृक्षा रोपन तथा रचना वाचन कार्यक्रम गरिएको बताउनुभयो ।
वृक्षा रोपन रोपन मार्फत वातावरणलाई हरियाली बनाउन तथा वातावरण लाई स्वच्च सफा राख्नको लागी विरुवा रोपन गरिएको बताउनुभयो । वृक्षा रोपन कार्यक्रमले गर्दा पछिसम्म पनि भानु जयन्तीको अवसरमा लगाइएको विरुवा हो भनी सम्झना भई रहने भएकोले यसलाई बाचाइराख्नको लागी सबैको दायित्व रहेको समेत बताउनुभएको थियो ।
कार्यक्रममा जलजला बहुमुखि क्याम्पसको परिसरमा वृक्षा रोपन कार्यक्रम गरिसके पश्चात कार्यक्रममा सहभागी व्यक्तित्वहरुद्धारा आफुहरुले सिर्जना गरेका रचनाहरुको वाचन गरेका थिए । कार्यक्रममा नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मर्सिफुलले आदिकबि भानु भट्ट आचार्यको जिबनी एंव व्यतित्वको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रगतिशिल लेखक संघ रोल्पाका अध्यक्ष कृष्णराम डाँगी, ललित साहित्य परिषद्का अध्यक्ष केवी विरही, लुम्बिनी वाङ्मय प्रतिष्ठान शाखा रोल्पाका अध्यक्ष ओम केसी, नेपाली लेखक संघ रोल्पाका कार्यबाहक अध्यक्ष गोकर्ण प्रसाद पुन, मुक्तक प्रतिष्ठान रोल्पाका सचिव लोकेन्द्र सेन, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापती काशीराम डाँगी, जलजला बहुमुखि क्याम्पस लिबाङ रोल्पाका उपप्रध्यापक कमल खड्का, लगाएत रचना वाचन सँगै मनतव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार मिनराज रोका, नेबिस रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसी, लगाएत अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकारहरु, जलजला बहुमुखि क्याम्पसका उपप्रध्यापकहरु, क्याम्पसका विद्यार्थी लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।
लुम्विनी वाङ्मय प्रतिष्ठान रोल्पा शाखाका अध्यक्ष ओम केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ति साहित्य परिषद् रोल्पा शाखाका सचिव तिलक घर्ति मगरले गर्नुभएको थियो । क्याम्पस परिसरमा बिभिन्न जातका सयौं बोटबिरुवाकाहरु रोपिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्