सुनछहरी गाउँपालिकाद्धारा पत्रकार जुनिस कुमार विष्ट सम्मानित

मालश्री खबर
मालश्री खबर २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, असार २८ गते रोल्पा ।

सुनछहरी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लागि गाउँसभामा प्रस्तुत गरेको ३८ करोड ४० लाख ५२ हजार ४ सय २ रुपैयाँ बजेट पारित भएको छ ।

 
गाउँपालिकाले गत असार ८ गते १४ औं गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सहित प्रस्तुत गरेको बजेट आज पारित गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

साथै सुनछहरी गाउँपालिकाको गाउँ सभाले सबैभन्दा छिटो र मापदण्डअनुसारको योजना सम्पन्न गरेका ७ योजनाका उपभोक्ता समितिका अध्यक्ष र गाउँपालिकाको संचार क्षेत्रमा रहि गाउँपालिकालाई निरन्तर रुपमा सहयोग समन्वय र सहकार्यमा महत्वपूर्ण भुमिकामा रहि सहयोग गरेकोमा पत्रकार जुनिस कुमार बिष्टलाई समेत सम्मान पत्रद्वारा समान समेत गरेको प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्