भरत बिश्वकर्मा /असार २८ गते रोल्पा ।
नेकपा माओवादी केन्द्र रोल्पा द्धारा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कि पत्नी तथा नेकपा (माओवादी केन्द) का केन्द्रिय सल्लाहाकार सिता दाहालको श्रदाञ्जली सभा पार्टी कार्यालय लिवाङ रोल्पामा सम्पन्न भएकाे छ । कार्यक्रममा उपस्थित व्यक्तित्वहरु द्धारा स्वर्गीय सिता दाहालको फोटोमा फुलमाला र अबिर लगाइ श्रदाञ्जली प्रकट गरिएको थियो ।
श्रदाञ्जली सभा कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) रोल्पाका जिल्ला अध्यक्ष गुणेन्द्र घर्ति (विज्ञान) रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) लुम्विनी प्रदेश पलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सभा सांसद दिपेन्द्र कुमार पुन (सिजल) रहनुभएको थियो । विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्र राेल्पाका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य राज बहादुर बुढा मगर रहनु भएको थियो ।
श्रदाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका लुम्विनी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश पलिटव्युरो सदस्य दिपेन्द्र कुमार पुन (सिजल)ले मान्छे जन्मिदा के हुन्छ भन्ने होइन जन्मिसके पश्चात त्यो व्यक्ति कस्तो खालको मान्छे बन्छ भन्ने कुराको बिषेश महत्व भएको कारण जसरि अहिलेको समयमा सिता दाहालको मृत्यु पश्चात चर्चा भयो त्यो उहाँको त्याग वलिदान र सघर्षको कारण चर्चा भएको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै संसद पुुनले सिता दाहाल नेपालको पहिलो महिला लिडरको रुपमा रहेको बताउनुभएको थियो । मृत्युमा गर्व गर्नुभन्दा पनि उहाँको कामकको कारणले उहाले पाएको सम्मानको गर्दा गर्व गर्नुपर्ने कुरा भएको बताउनुभएको थियो । जन्मेपछि मृत्यु अवस्य हुने कुरा बताउदै आफुले भुमिका, योगदान पु¥ याई मृत्यु हुनु र कुनै योगदान बिना नै मृत्यु हुनु चाहिँ फरक कुरा रहेको बताउदै सिता दाहालकोे पार्टी प्रति योगदान अत्याधिक रहेको बताउनु भएको थियो ।
उहाँको फोटोमा माला, अबिर लगाएर सम्मान गर्नु औपचारिक कार्यक्रम रहेको बताउदै, मुख्य कुरा चाँहि उहाँको सपना पुरा गर्नुपर्ने दाहित्व रहेको र त्यो उहाँको मृत्यु पश्चात आफुहरुको काधमा आएको र उहाँको सपना पुरा गर्नको लागी प्रतिबद्धता जनाउनुपर्ने बताउनु भएको थियो । संसद पुनले भन्नुभयो, ‘उहाँको मृत्यु पश्चात उहाँको सपना पुरा गर्ने दायित्व तपाई हामी सबैको काधमा आएको र उहाँको सपना पुरा गर्न प्रतिबद्धता जनाउने यस कार्यक्रमको उदेश्य हो ।‘ त्यसैले उहाँको सपना पुरा गर्न सबै लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहनुभएका नेकपा (माओवादी केन्द) का केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले सिता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नीको रुपमा मात्र नभई, उनी एक नेपाली क्रान्तिको अग्रनी भुमिकाको रुपमा जिनिएको एक महिला नेतृ भएको बताउनु भएको थियो । दश वर्षे जनयुद्धको समयमा सिता दाहालले खेलेको महान भुमिका साथै पार्टीको लागी उहाँले गरेको त्याग, तपस्याको कारण उहाँ एक महिला नेतृको रुपमा परिचित हुन सफल भएको बताउनुभएको थियो ।
श्रदाञ्जली सभा कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, उपप्रमुख कर्मलाल परियार, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, नेपाली कांग्रेस रोल्पाका पार्टी सचिव शेर बहादुर थापा, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य घनश्याम आचार्य, लगाएतको नेकपा माओवादी केन्द्र पार्टीका अन्य सदस्यहरु विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकार, समाजसेवी लगाएतको श्रदाञ्जली सभा कार्यक्रममा सहभागी भई स्वर्गीय सिता दाहाल प्रति हार्दिक श्रदाञ्जली प्रकट गरेका थिए । श्रदाञ्जली सभा कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका अध्यक्ष फबिन्द्र आचार्यले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्