रोल्पामा विषलु च्याउँ खाँदा एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

गणेश केसी
रोल्पामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । रोल्पाको लुंग्री गाउँपालिका वडा नं.५ बुझिङका ६ वर्षिय वालक प्रेम गुरुङको आज विहान ७ बजे मृत्यु भएको हो ।

असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ बर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र बर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेको प्रहरी चौकी किलाचौरले मालश्री खबरलाई जानकारी दिएको छ । उनिहरुलाई उपचारको लागि २७ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । च्याउ खाँदा विरामी भएका भिमा गुरुङ र सुशिल गुरुङ अहिले बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । उनिहरुले कुन प्रजातिको च्याउ खाएका हुने भन्ने बारेमा अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय रोल्पाका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनु भएको छ ।

श्रीमान रोजगारको शिलशिलामा कतारमा रहेको र घरमा ३ जना मात्र रहेको प्रहरीको भनाई छ । माईतको बुवा आईते बुढा मगरले उपचारका लागि अस्पताल पु¥याउनु भएको बताइएको छ । ।

 

प्रतिक्रिया दिनुहोस्