लुङ्ग्री गाउँपालिकाको वित्तीय प्रगति ९४.७९ प्रतिशत

मालश्री खबर
मालश्री खबर २५ असार २०८०, सोमबार
1 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर,

असार २५ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ ।

 
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वास्तविक आय ४७ करोड ५७ लाख ५७ हजार ५८ रुपैँयाको तुलनामा कुल ४५ करोड ९ लाख ७५ हजार ९ सय १३ रुपैँया अर्थात ९४.७९ प्रतिशत खर्च गरेकोे  छ ।

गाउँपालिकाको अनुमानित आय तर्फ ५३ करोड ३० लाख ३५ हजार ४ सय ९१ रुपैँयाको आधारमा चालु तर्फ २५ करोड ५२ लाख ७५ हजार ४ सय ३० रुपैँया अर्थात ८१.४२ प्रतिशत र पूँजीगत तर्फ १९ करोड ५७ लाख ४ सय ८३ रुपैँया अर्थात ८९.१० प्रतिशत गरी कुल खर्च ४५ करोड ९ लाख ७५ हजार ९ सय १३ रुपैँया अर्थात ८५.२७ प्रतिशत भएको लुङ्ग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढा द्धारा हस्ताक्षरित सुचनामा सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्