७ दिने अभिभावक शिक्षा सम्बन्धि आधारभूत तालिमको आज ५ औँ दिन

मालश्री खबर
मालश्री खबर २४ असार २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, असार २४ गते रोल्पा

अभिभावक शिक्षा सम्बन्धि आधारभूत तालिम रोल्पाको लिबाङमा सञ्चालन भइरहेको छ ।

UNICEF को आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राबिधिक सहयोग र रोल्पा नगरपालिकाको आयोजनामा अभिभावक शिक्षा सम्बन्धि ७ दिने आधारभूत तालिम असार २० गते देखि रोल्पाको लिबाङमा सञ्चालन भइरहेको छ ।

७ दिन सम्म संचालन हुने आधारभूत तालिम असार २६ असार सम्म संचालन हुनेछ । तालिममा नगरपालिकाका १० वटै वडाबाट बालबिकास शिक्षक, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता गरेर जम्मा २५ जनाको सहभागीता रहेको छ ।

तालिमको सहजिकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका सिनियर फिल्ड संयोजन अधिकृत रितिका दाहाल, सेतो गुराँस रोल्पाका प्रशिक्षक टीका कुमारि बुढा र रोल्पा नगरपालिकाका बालविकास संयोजक निम कुमारि डाँगिले गरिरहनुभएको छ ।

७ दिने तालिमको उद्धघाटन रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिले गर्नु भएको थियो । नगर प्रमुख घर्तिले बालवालिकाको शिक्षा र बिकासका लागि अभिभावक शिक्षा जरूरी रहेको उल्लेख गर्नुभएको थियो । तालिममा सहभागी हुनुभएका सम्पूर्ण सहजकर्ताहरुले अभिभावकहरुलाइ उत्प्रेरित गर्न सक्नु पर्ने भएकाले सक्रियता पूर्वक सहभागी हुन र तालिमलाई प्रभाबकारी बनाउन आग्रह गर्नु भयो ।

उद्धघाटन कार्यक्रममा नगर उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुलिको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्