हिमा खड्का/
मालश्री खबर,असार २३ गते रोल्पा ।
ललित साहित्य परिषद रोल्पाको आयोजनामा भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता हुने भएको छ । असार २९ गते परेको २१० औँ भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता हुने ललित साहित्य परिषद रोल्पाका अध्यक्ष के.बी. बिरहीले जानकारी दिनुभएको छ ।
कविता प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउनेछन् । जिल्लाभरका माध्यामिक विद्यालयहरुमा अध्ययन गर्ने विद्याथीले जुनसुकै बिधामा रचिएका कविताहरु वाचन गर्न सक्नेछन् । प्रतियोगितामा भाग लिन चाहाने विद्यार्थीले फोनबाट पनि नाम दार्ता गर्न सकिने बताइएको छ ।
कविता प्रतियोगितामा प्रथम पुरस्कार ६ हजार, द्धितिय पुरस्कार ४ हजार, तृतिय पुरस्कार ३ हजार र सान्तवना पुरस्कार १ हजार रहेको ललित साहित्य परिषद रोल्पाका महासचिव चन्द्रज्योती सुवेदीले मालश्री खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रम जिल्ला समन्वय समितिको नयाँ हल लिबाङमा रोल्पामा हुनेछ । कार्यक्रममा रचना वाचन पनि हुने भएकोले रोल्पा जिल्लाका सम्पुर्ण सर्जकहरुलाई उस्थित हुनको लागि ललित साहित्य परिषद रोल्पाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्