रोल्पा नगरपालिकाद्धारा टुँडिखेलमा दुबो राप्ने र सरसफाई गर्ने अभियानको सुरु

मालश्री खबर
मालश्री खबर २२ असार २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर/असार २२ गते रोल्पा ।

रोल्पा नगरपालिकाको कार्यालय लिवाङ रोल्पाको आयोजना तथा टुँडिखेल व्यवस्थापन तथा संरक्षण समिति, लिवाङ रोल्पाको समन्वयमा टुँडिखेलमा दुवो लगाउने अभियानको सुरुवात गरिएको छ । हिँउदको समयमा टुडिखेलमा भएका बिभिन्न खेलकुद कार्यक्रम र मेला महोत्सव संचालनले गर्दा पहिले लगाइएको दुबो मिचिएर कम भएको कारण नगरपालिकाले फेरि पुःन यस्तो दुबो लगाउने र सरसफाई गर्ने अभियान चलाएको रोल्पा नगरपालिका उपमेयर गिता आचार्यले जानकारी दिनु भएको छ ।

बर्षातको समय सुरु भएको कारण टुँडिखेल लाई स्वच्छ, सफा र हरियाली बनाउने उदेश्यका साथ टुडिखेल मैदानमा दुबो लगाइएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । टुडिखेलमा दुवो लगाएपछि लामो समयसम्म हरियाली रहिरहेने र सुन्दरता बढ्ने भएको कारणले गर्दा यस क्षेत्रमा दुबो लगाइएको रोल्पा नगरपालिका लेखापाल बसन्त गिरीले बताउनु भएको छ ।

दुबो रोपाई कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, उपप्रमुख गिता आचार्य, निर्वतमान प्रमुख पुर्ण केसि, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, वडा न. ५ का वडा अध्यक्ष तोप बहादुर नेपाली, वडा न. १० का वडा अध्यक्ष मोतीलाल डाँगी, वडा न. ४ का निबर्तमान अध्यक्ष नबिन आचार्य, अस्पताल बिकास बोडका अध्यक्ष फबिन्द्र आचार्य, लिबाङ बजार साना सहरी खानेपानी आयोजनाका अध्यक्ष लिलाधर आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, सचिव लोकेन्द्र चन्द, रोल्पा नगरपालिका प्रसासकीय अधिकृत सुशिल थापा, होलिभिजन आवासिय माबि लिबाङका शिक्षक ओम केसि, नगरप्रहरी, रोल्पा नगरपालिकाका कर्मचारी, तुल्सी आवासिय माबि लिबाङ र होलिभिजन आबासिय माबि लिबाङका शिक्षक बिद्यार्थि लगाएतको सहभागीतामा दुबो राप्ने र टुडिखेल सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्