भरत विश्वकर्मा/मालश्री खबर,
असार २१ गते रोल्पा ।
सत्प्रयास समुह रोल्पाद्धारा जिल्ला अस्पताल रोल्पामा कार्यरत डा. तिलक डाँगीलाई विदाई तथा सम्मान गरिएको छ । मेडिकल अधिकृत डाक्टर तिलक डाँगी वि.स. २०७९ साल श्रावन २१ गते देखि रोल्पा अस्पताल रेउघामा कार्यरत रहनुभएको थियो । हाल उहाँ आफ्नो अध्ययनको शिलशिलामा बाहिर जादै हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापति तथा सत्प्रयास समुहका रोल्पाका सदस्य अभियान्ता काशिराम डाँगीको अध्यक्षतामा भएको विदाई तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य र विशिष्ट अतिथिको रुपमा उपप्रमुख कर्मलाल परियार रहनुभएको थियो ।
सत्प्रयास समुहमा आबद्ध भएर रोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा गई विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य शिविर तथा समुहको विभिन्न अभियानमा संलग्न रहि डाक्टर तिलक डाँगी सक्रिय रहेको कारण उहाँलाई सम्मान तथा विदाई गरिएको सत्प्रयास समुह रोल्पाले बताएको छ ।
विदाई कार्यक्रममा बोल्दै डाक्टर तिलक डाँगीले रोल्पा जिल्लाको अस्पतालमा विषेशज्ञ डाक्टरहरुको अभाव भएको बताउनुभएको थियो । जिल्ला अस्पतालमा आवश्यक जनशक्तिको अभाव भएको कारण बिरामीहरुले आवश्यक सेवा सुविधा प्राप्त गर्न नसकिरहेकोे कुरा उल्लेख गर्नुभएको थियो । उहाँले भन्नुभयो “रोल्पा दुर्गम ठाउँ भएको कारण आवश्यक जनशक्ति पनि प्रयाप्त मात्रामा रहेको छैनन यदि नयाँ जनशक्ति आईहाले पनि त्यति लामो समय सम्म खतेर काम गर्न सक्दैनन ।’’ त्यस्तै कार्यक्रममा बोल्दै डाँगीले “यहाँका सरकारले आफ्नै जनशक्ति उत्पादनमा चासो दिएमा भविष्यकमा राम्रो रहन सक्ने सुझाब पनि दिनुभएको थियो ।’
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यले यस क्षेत्रमा आउने जनशक्तिलाई बाहिर नपाठाउने बातावरणको तयार गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले भन्नुभयो “यहाँ दुर्गम भएको कारण, जनशक्ति अभावको कारण लगाएत अन्य कारण डाक्टर बस्नै नचाहने प्रमुख समस्याको रुपमा रहको छ ।’’ यसका साथै यहाँ कोही नयाँ डाक्टर आएतापनि चाडै सरुवा हुन पहल गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, जिल्ला अस्पताल रेउघा रोल्पामा कार्यरत अन्य कर्मचारीहरु, सत्प्रयास समुह रोल्पामा आबद्ध भई काम गरिरहनुभएका अन्य सदस्यहरु, विभिन्न मिडियामा कार्यरत क्रियाशिल पत्रकार लगाएतको विदाई कार्यक्रममा सहभागी भएको थियो ।
नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष तथा सत्प्रयास समुह रोल्पाका अभियान्ता खेम बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली काग्रेस रोल्पाका सचिव तथा सत्प्रयास समुह रोल्पाका अभियान्ता शेर बहादुर थापाले गर्नभएको थियो ।
प्रतिक्रिया दिनुहोस्