आइ एन एफ शाखा रोल्पाको सामाजिक लेखा परीक्षण स्युरीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १७ असार २०८०, आईतवार
4 Min Read
Aa

लोकेन्द्र चन्द
मालश्री खबर, असार १७ रोल्पा

आइ एन एफ नेपाल रोल्पा शाखको आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परीक्षण सुनछरी गाउँपालिका वडा नम्बर ४ स्युरी रोल्पामा सम्पन्न भएको छ । सुनछरी गापा वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराम बुढामगरको अध्यक्षतामा कार्यक्रम भएका आइएनएफ नेपाल रोल्पा शाखले रेडियो मालश्रीलाई जानकरी दिएको छ ।

  

आइ एन एफ नेपाल रोल्पाले सुनछहरी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा खानेपानी सरसफाइ तथा स्वाच्छता परियोजना (वास) जलवायु परीवर्तन, सुधारीएको चूलो, एजुकेट लगाएतको कार्यक्रम हरु सञ्चालन गर्दै आएको छ । आइएनएफ नेपाल रोल्पाका वास तथा जलवायु परीवर्तन परीयोजनाका सब–इन्जिनियर गोबिन्द प्रसाद रिजालले खानेपानी सरसफाई तथा स्वच्छता, जलवायु परीवर्तन र सुधारीएको चूलो परीयोजनाले आर्थिक वर्ष २०७९÷८० मा सिउरीमा गरेको कार्यपत्रको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।

जलवायु अनुकल जिविकोपार्जन एजुकेट परीयोजनाका बारेमा आइएनएफका एजुकेट परीयोजनाका सलिना बुढामगरले आर्थिक बर्ष २०७९÷८० मा परीयोजनाले गरेको प्रगति पस्तुत गर्नु भएको थियो । परीयोजनाले आधुनीक करेसावारी, वृक्षारोपान, खानेपानी, सौचायल निर्मान, चाङ निर्माण, एकिकृत व्यवसायिक तालिम, पोखरी निर्माण, जैविक मल बनाउने तालिम, गोठ सुधार, चूलो बनाउने, चूलो जडान, मर्मत सम्भार, चूलो वितरण, वन सुधार, नयाँ भन्छा घर निर्माण लगाएत विभिन्न सशक्तिकरणको क्षेत्रमा योगदान गर्दै आएको छ ।

कार्यक्रममा सुनछरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क राम बुढामगरले आफ्नो वडाका आम मानिसलाई आर्थिक आत्र्मनिर्भर बनाउन तर्फ उन्मुख गरेकोमा आइएनएफ रोल्पालाई धन्यबाद व्यक्त गर्नुभयो । वडा कार्यालयामा छुट्याइने बजेट भन्दा पनि धेरै बजेट परियोजनाले वडालाइ दिएको प्रति आभारी भएको बताउनु भएको छ । परीयोजनाले गर्ने हरेक कार्यहरु पार्दशिता र जवाफदेहीता ढंगले सञ्चालन गरेको बुढामगरले बताउनु भएको छ ।

 

आइ. एन. एफ. ले सञ्चालन गरेको यी परीयोजनाको कारणले नै सुनछहरी गाउँपालिका वडा नम्बर ४ लाई जिल्लामै चौथो सरसफाई वडा उन्मुख घोषणा गर्न सफल भएको दाबी गर्नु भयो । आगामी दिनमा आइएनएफले यस्ता कार्यक्रमलाई आफ्नो वडामा निरन्तरता दिन आग्रह समेत गर्नु भयो । कार्यक्रममा वडा सदस्य निशा विक, ४ का वडा सचिव खड्क बहादुर गाहामगर, श्रृङथम स्वावलम्बन समुहका सदस्य दिलबहादुर विष्ट विटालु र प्रगतिशिल स्वावलम्बन समुहका लैंगिक स्रोत व्यक्ति शंकरी सुनार लगाएतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्नेहरुले आइएनएफ नेपाल रोल्पाले वडा नम्बर ४ मा थुप्रै राम्रो कार्य गरेको भन्दै उक्त परीयोजनाको प्रसंसा गरेका थिए । यस परीयोजनाले आफुहरुको आयस्तर माथी उठाउनको लागि भूमिका खेलेको समेत बताएका छन् । परीयोजनाले व्यवस्थित करेसावारी, गोठ निर्माण, मलको प्रयोग, चर्पीको प्रयोग, हात धुने तरीका, आधुनीक कृषिको बारेमा थुप्रै कुराहरु सिकाएको भन्दै यस परीयोजना आफुहरुसँग सधै सहकार्य गरोस् भन्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी चौकी सिउँरीका प्रहरी हवल्दार वेगम नेपाली, आइएनएफ नेपाल रोल्पाका लेखा तथा प्रशासकीय वित्तीय सहायक मिना भट्टराईको आतिथ्यता रहेको थियो । कार्यक्रममा ७ वटा स्वावलम्बन समुहका अध्यक्ष तथा प्रतिनिधी लगाएतको सहभागिता रहेको ।

कार्यक्रमको सहजीकरण रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द ले गर्नुभएको थियो । सोही प्रकृतिको कार्यक्रम १८ गते वडा नम्बर ३ बाहिरी गाम र १९ गते वडा नम्बर २ भित्रीगाममा सञ्चालन हुने आइएनएफ रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्