परिवर्तन गाउँपालिकामा योजना तयारी गोष्ठी सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ असार २०८०, शनिबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, असार १६ रोल्पा ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रवर्द्धनका लागि योजना तयारी गोष्ठी परिवर्तन गाउँपालिकाको पुतचौरमा शनिबार सम्पन्न भएको छ ।

  

वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्की, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढामगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगर,३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ५ का वडा अध्यक्ष दिल बहादुर वली,परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वली, जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो ।

पहिलो सेसन पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना योजना तयारी गोष्ठीको बारेमा जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले नेपालको संविधानले व्यवस्था अनुसार धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३८ मा महिलाको हक, ३९ मा बालबालिकाको हक र आधारभूत स्वास्थ्य सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । रोल्पामा २१७ खोप क्लिनिक २२२ सेसन मार्फत सञ्चालन हुन्छ भने बार्षिक करिब ६ हजार बालबालिकालाई खोप दिदै आएको बताए।खोपमा गरिने खर्च खर्च हैन लगानी हो भनेर सबैले बुझ्नुपर्ने बताए ।

अहिले नेपालमा ८० प्रतिशतमा खोप लाएको र १६ प्रतिशतले छिटफूट मात्रामा लगाएको बताए भने ४ प्रतिशतले खोपको रुप नै नदेखेको बताए।साथै नेपाल सरकारले बालबालिकाको लागि १३ प्रकारको खोप निःशुल्क बनाएको र खोज र खोप अभियान सञ्चालन गर्दै आएको बताए।सबै प्रदेशमा ९५ प्रतिशत माथि खोप लगाएको हुनुपर्ने र रोल्पा जिल्लामा पनि १० वटै स्थानीय तहमा ९५ प्रतिशत माथि हुनुपर्ने र परिवर्तन गाउँपालिकाको पनि ६ वटै वडामा ९५ प्रतिशत हुनुपर्ने छ,हामीले त १०० प्रतिशत खोप लगाउनुपर्छ भन्ने छ तर त्यो छैन।दोस्रो सेसन स्थानीय तहमा सरोकारवालाहरुलाई मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धि अभिमुखिकरणको स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क फोकल प्रसन अरुण भिटुले गर्नुभएको थियो।मातृ मृत्यु दर दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म ७० मा झार्नु रहेको बताए।लुम्बिनी प्रदेशमा जीवित आमाहरू मध्ये मृत्यु हुने आमाको संख्या २०७ रहेको छ।सबैभन्दा बढी मृत्यु हुने ठाउँ स्वास्थ्य संस्था हुने गरेको छ जसमा ५७ प्रतिशत र घरमा २६ प्रतिशत र बाटोमा १७ प्रतिशत रहेको छ ।

 

१५ देखि १९ बर्षका मृत्यु हुने १०.३ प्रतिशत रहेको छ भने २० देखि २४ बर्षका मृत्यु हुने २९.७ प्रतिशत रहेको छ।२५ देखि २९ बर्षका २८.६ प्रतिशत रहेको छ।३० देखि ३४ बर्षका १६.९ प्रतिशत रहेको छ भने ३५ देखि ४९ बर्षका १४.७ प्रतिशत रहेको छ।प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्कीले परिवर्तन गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा अन्य पालिकाको भन्दा फरक महशुस गरेको बताए।परिवर्तन गाउँपालिका आफैंमा नाम सुन्नमै अति उपयुक्त भएकोले निरन्तर स्वास्थ्य पहुँचको रूपमा परिवर्तनको लहर चलिरहेको र रह्ने छ भन्ने आफूले विश्वास लिएको बताए।कार्यक्रमका प्रमुख अतिथी परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले जस्तो नाम त्यस्तै काम गर्ने सोच लिएर अगाडि बढेको बताए।आफ्नो पालिकामा स्वास्थ्य क्षेत्रमा त्यति धेरै समस्या नभएकोले पूर्णखोप सुनिश्चितता र मातृ मृत्यु दरलाई घटाउनु अहिलेको आवश्यकता भएको बताए।वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले कार्यक्रमको समाप्न गर्दै कुनै पनि आमाको परिवर्तन गाउँपालिकामा मृत्यु नभएको आफूले सुन्न पाउनेमा विश्वस्त भएको बताए।

 

परिवर्तन गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेको बताउदै आगामी दिनमा पनि थप राम्रो गर्नेमा स्वास्थ्य कार्यालय रोल्पा र व्यक्तिगत रूपमा आफूले अपेक्षा लिएको बताए।परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घर्तीमगरले दिनुभएको थियो।अब कार्यक्रम गर्न बाँकी स्थानीय तह गंगादेव गाउँपालिका,त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिका रहेका छन् भने सुनछहरी,सुनिल स्मृति,लुङ्ग्री,रोल्पा नगरपालिका,माडी,थबाङ र परिवर्तनमा आजसम्म सम्पन्न भएको छ।कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्