जिल्ला विपद व्यवस्थापन समितीको बैठक लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ असार २०८०, शुक्रबार
8 Min Read
Aa

मालश्री खबर, असार १५ रोल्पा

जिल्ला विपद व्यवस्थापन समितीको बैठक जिल्ला प्रसासन कार्यालय रोल्पाका सम्पन्न भएको । जिल्ला विपद व्यवस्थापन समिती रोल्पाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी परमानन्नद घिमिरको अध्यक्षतामा र जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितीका बैठक सम्पन्न भएको बताइएको छ । जिल्लामा हुने विपदलाई न्यूनिकरण गर्न लागी केहि महत्वपुर्ण निर्णहरु समेत गरिएका बताइएको छ ।

रोल्पा जिल्लाको लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० लाई प्रभावकारी बनाउने, वर्षायाममा बढ्दो गर्मी संगै विभिन्न कीटजन्य रोगहरु जस्तै; डेंगु, औलो (मलेरिया) लगाएत अन्य लामखुट्टेको टोकाईबाट सर्नेरोगहरुको प्रकोप बढ्न नदिन लामखुट्टेको बृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने स्थान पहिचान गरि नस्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु अपनाउनको लागी ब्यबस्था स मिलाउने, बाढीपहिरो लगायतका कारणले पिउने पानीको मुहान प्रदुषित भै विभिन्न सम्भावित पानीजन्य रोगहरु जस्तै; झाडापखाला, आउँ, हैजा, टाईफाईड लगायतका महामारी फैलिन नदिन सरसफाई तथा सबै सुरक्षाका मापदण्ड पालना गर्ने, खानेपानी ट्यांकी तथा मुहानहरु सरसफाईका साथै पानी शुद्धिकरण गरेर मात्र पिउने व्यवस्थाका लागि सबै स्थानीय तह मार्फत बिद्यालय तथा आम सर्बधारणका लागि सुचित गर्ने गराउने निर्णय गरिएको छ ।

स्वास्थ्यजन्य महामारी फैलन सक्ने सम्भाबनालाई मध्यनजर गरि स्वास्थ्य कार्यालय रोल्पा तथा सबै स्थानीय तहहरुमा रहेका स्वास्थ्यकर्मीहरु सम्मिलित “द्रुत प्रतिकार्य टोलि” (RRT) तयारी अबस्थामा रहने साथै अत्याबश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरुको उचित ब्यबस्थापन (Stock Piling)सबै स्थानीय तहले गर्ने गराउने, स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका सम्पूर्ण छापा तथा एफ.एम. रेडियोमा स्वास्थ्य सम्बन्धी सूचना सन्देश प्रकाशन-प्रसारण गर्ने निर्णय गरिएको छ ।

ब्यबस्था मिलाउने साथै जिल्लाका सबै एम्बुलेन्सहरुको लागत तयार गरी अधाबधिक गर्ने, २०७९साल पौष २८ गते र मिति २०७ साल चैत्र ६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्थापन अनुदान वापत पहिलो किस्तावापत रकम निकासा भएका रोल्पा नगरपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पहिलो किस्ता वापत लगेको रकम, सम्झौताको विवरण तथा सम्झौता पहिलो निरीक्षण फाराम सम्बन्धित पालिकाका प्राविधिकले नियमानुसार NDRRMA COBO COLLECT मोबाइल एप्सको सिस्टममा विवरण अनिवार्य रुपमा भर्ने र सो विवरणलाई सम्बन्धित पालिकाको विपद् व्यवस्थापन समितिले ब्उउचयखभ गरी यथाशिघ्र अगाडी बढाउने निर्णय भएकोमा हालसम्म रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले मात्र उक्त कार्य गरेकोले र अन्य गाउँपालिकाहरुले सो कार्य यथाशिघ्र गर्न अनुरोध गर्ने र मिति २०७७ कार्तिक २४ गते भन्दा पछाडी भएका विपद् घटनाका पीडितहरुको पनि प्रणालीमा विवरण भरी पुननिर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्य अगाडी बढाउने बताइएकाे छ ।

साथै सुनछहरी गाउँपालिकाले ५ जना विपद् पीडितको विवरण पुननिर्माण तथा पुनर्स्थापनाको प्रमाणालीमा दर्ता गरी अगाडी बढाएकोले उक्त विपद् पीडितहरुलाई लाभग्राहि पहिचान गर्ने, विपद् पिडित व्यक्ति परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ सम्शोधन) मापदण्ड, २०७७ को दफा ३ (छ) बमोजिम रोल्पा जिल्ला लुंग्री गाउँपालिका वडा नं. ५ अन्तर्गत सकर्ना भन्ने स्थानमा मिति २०७९साल चैत्र ६ गते दिन चट्याङमा परेका व्यक्तिहरुले माग गरेको उपचार वापत बिल अनुसारको रकम विपद् पीडितलाई उपलब्ध गराउने, रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं १० भुम स्थित सरस्वती प्राथमिक विद्यालयको जस्ता पाताको छानो मिति २०८० साल जेठ ९ गते रातमा आएको हावा हुरीका कारण पूर्ण क्षति गरी अन्दाजी ५ लाख बराबरको क्षति पुर्यागएकोले उक्त विद्यालय मर्मत गर्नका लागि आवश्यक सहयोगका लागि सामाजिक विकास डिभिजन कार्यालय, प्यूठानलाई सिफारिस गर्ने, रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. ५ जेदबाङ स्थित बाल प्रकाश आधारभूत विद्यालयमा वनमा लागेको आगो सल्कन गई विद्यालय भवन आगलागी भई क्षति भएकोले उक्त विद्यालय भवन मर्मत गर्नका लागि सामाजिक विकास डिभिजन कार्यालय, प्यूठानलाई सिफारिस गर्ने, जिल्ला विपद व्यवस्थापन समितीको सिफारिस सहित पाप्त भएका निवेदन बमोजिम वितरण भएका साथै भू- तथा जलाधार व्यवस्थापन कार्यालयमा प्राप्त निवेदनको सो कार्यालयबाट स्थलगत अनुगमन तथा नापजाँचको आधारमा यस आ.व.मा भू- तथा जलाधार व्यवस्थापन कार्यालय, रोल्पाको कार्यक्षेत्रमा वितरण भएको जि.आइ. तारजाली को अनुमोदन गर्ने लगाएतको निर्णय गरिएको जिल्ला विपद व्यवस्थापन समिती रोल्पाले जानकारी दिएको छ ।

बैठकमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगर, थवाङ गाउँपापलिकाका अध्यक्ष ऋषिकेशव बुढामगर, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष सरीता केसी, बटुकदल गण रोल्पाका प्रमुख सेनानी मणिराम थपा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगर, ससत्र प्रहरी बल नेपाल, आश्रीत गुल्म रोल्पाका प्रहरी नायव उपरीक्षक भरत बहादुर वि.सी, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत कुशल थापा , नेपाली कांग्रेसका सचिव शेरबहादुर थापा, नेकपा एमालेका अध्यक्ष बालाराम बुढा, नेकपा माओवादी केन्द्रका सचिव पूर्ण केसी, नेकपा समाजवादीका अध्यक्ष टंक बुढा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मेघनाथ विष्ट, नेकपा विप्लबका इन्चार्ज जे.वि. भण्डारी, माडी गाउँपालिका ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, डिभिजन वन अधिकृत पे्रमशंकर चौधरी, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी, रोल्पा असपताल का डाक्टर रण बहादुर बोग्टी, भू-तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका जालाधार व्यवस्थपन अधिकृत रोवर्ट महरा, खाद्य व्यवस्था तथा व्यापार केन्द्र रोल्पाका निमिक्त प्रमुख खर्कबहादुर बुढामगर, शिक्षा विकास तथा समन्वय इकाइ रोल्पा प्राविधिक सहायक उत्तम कुमारी चौधरी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रोल्पाका निमिक्त डिभिजन प्रमुख भेषराज भुसाल, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापती डी.बी घर्तिमगर, पुर्वाधार विकास कार्यालय रोल्पाका नारायण प्रसाद श्रेष्, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द, गैर सरकारी महासंघ नेपालका अध्यक्ष देवबहादुर वली, कृषि ज्ञान केन्द्रका निमिक्त कार्यालय प्रमुख मनोज कुमार सिंह, रोल्पा उद्योग वाणिज्य माहासंघ रोल्पाका अध्यक्ष केशवकुमार आचार्य, मालपोत कार्यालाय रोल्पाका प्रमुख डिल्लीराज न्यौपाने, खानेपानी कार्यालय रोल्पाका प्राविधिक नेत्रबहादुर केसी लगाएतको बैठकमा सहभागिता रहेको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले विपद बाट बच्न र यस्तो समयमा जिल्ला बासि सबैेलाई सुरक्षित राख्नको लागी सबै एक भएर बिपद कार्य योजना बनाएर जानु पर्ने बताउनु भएको छ । बर्षादको समयमा जुनसुकै जतिखेर पनि विपद आउन सक्ने भएको हुनाले स्थानिय सरकार र अन्य सारोकारवाला पक्ष सबै विपदको समयमा तत्काल गर्नु पर्ने उद्धार र राहत बितरणको लागी तयारि अबस्थामा रहन पनि आग्रह गर्नु भएको छ ।

साथै बैठकमा मिति २०७९ साल चैत्र ६ गते देखी २०८०साल असार १४ गत सम्म देहायका विवरण सहितको विपद् पिडित व्यक्ति परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ सम्शोधन) मापदण्ड, २०७७ को दफा ३ (ख) बमोजिम यस जिल्लाका १७ जना विपद् पीडितलाई तत्काल गुजाराको लागि जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट वितरण गरिएको संघिय सरकारबाट प्राप्त राहत रकम जम्मा तीन लाख पाँच हजार र २०७९ साल चैत्र ६ गते देखी २०८० साल असार १४गते सम्म विवरण सहितको विपद् पिडित व्यक्ति परिवारलाई प्रदेश विपद् व्यवस्थापन कार्य संचालन निर्देशिका २०७६ को दफा १२ (१) बमोजिम माग भई प्राप्त रकम जिल्लाका ७ (सात) जना विपद् पीडितलाई तत्काल गुजाराको लागि जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट वितरण गरिएको र प्रदेश सरकारबाट प्राप्त प्रदान गरिएको राहत रकम जम्मा सत्र लाख पचास हजार रकमको अनुमोदन समेत गरियो थियो ।

  

प्रतिक्रिया दिनुहोस्