रोल्पा नगरपालिका र गंगादेव गाउँपालिकाले दियो बिदाको दिन पनि नियमित सेवा

मालश्री खबर
मालश्री खबर १४ असार २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर असार १४ गते, रोल्पा ।

रोल्पा नगरपालिकाले आज सार्वजनिक बिदाकाे दिन पनि सर्वसाधारणलाई सेवा प्रवाहको लागि कार्यालय सञ्चालन गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को लागि गृह मन्त्रालयबाट १४ गते बिहिबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयबाट उक्त निर्णय आएको भएतापनि असार महिना भुत्तानिको अन्तिम समय हुँदै गएको हुनाले कार्यचाप तथा सेवाग्राहीको सुविधालाई मध्य नजर गर्दै रोल्पा नगरपालिकाले कार्यलयबाट प्रवाह हुने सबै सेवा सञ्चालन गरेको बताएको छ । रोल्पा नगरापलिकाका सबै वडा कार्यालयहरुबाट नियमित सेवा सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले जानकारी दिनुभयो । त्यस्तै गंगादेव गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुका विषयगत शाखाहरुबाट प्रबाह हुने सेवालाई नियमितता दिएको छ । असार महिना भुक्तानीको अन्तिम समय भएकोले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गरेको गंगादेव गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतले बताउनु भयो ।

सार्वजनिक बिदाको दिन पनि रोल्पा नगरपालिका र गंगादेव गाउँपालिका बाट नियमित सेवा प्रवाह रोल्पा नगरपालिकाले आज पनि सर्वसाधारणलाई सेवा प्रवाहको लागि कार्यालय सञ्चालन गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को लागि गृह मन्त्रालयबाट १४ गते बिहिबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयबाट उक्त निर्णय आएको भएतापनि बर्षान्तरको कार्यचाप तथा सेवाग्राहीको सुविधालाई मध्य नजर गर्दै रोल्पा नगरपालिकाले कार्यलयबाट प्रवाह हुने सबै सेवा सञ्चालन गरेको बताएको छ । रोल्पा नगरापलिकाका सबै वडा कार्यालयहरुबाट नियमित सेवा सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले जानकारी दिनुभयो । त्यस्तै गंगादेव गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुका विषयगत शाखाहरुबाट प्रबाह हुने सेवालाई नियमितता दिएको छ । असार महिना भुक्तानीको अन्तिम समय भएकोले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गरेको गंगादेव गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्