मालश्री खबर असार १२ गते रोल्पा
रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन स्वास्थ्यकर्मी र राहत लिएर एक सुत्केरी महिला भेट्न घरमै पुगेका छन ।
पुनले सुत्केरी महिलाको आर्थिक अबस्था र उनको स्वास्थ्यमा समस्या देखिएको खबर पाय लगत्तै झेनाम स्वास्थ्य चौकीकि इन्चार्ज त्रिपुरा थापासहित सोमबार राहत सामाग्री वल्याङकेट, डसना, चामला, नुन, तेल, दाल, अन्डा, पिठो, सुत्केरी, महिलालाई पोषण युक्त भिटामिन पौष्टिक आहार लगेर रुन्टिगढि गाउपालिका वडा न. ८ को झेनाम कि सुत्केरी महिला पुतलि बि.कलाई भेटन पुगेका हुन ।
सुत्केरी महिला र बच्चाको झेनाम स्वास्थ्य चौकी कि इन्चार्ज त्रिपुरा थापाले चेकजाच गरेका थिए । चेकजाचपछि थापाले आमाको अबस्था सामान्य रहेका र बच्चाको तौल जम्मा २ के.जी भएकाले केहि समस्या देखिन सक्ने बताए । त्यस पश्चात अध्यक्ष पुनले सुत्केरी महिला र बच्चाको अबस्था सामान्य नभएसम्म घरमै उपचार सेवा दिन निर्देशन दिएका छन ।
पुतलीले ११ गते सोमबार बिहान ३ बजे घरमै बच्चा जन्माएकि थिईन । घरमा उनि र उनका अन्य २ बच्चा मात्र बस्दै आएका छन । उनको श्रीमान जेष्ठ १३ गते देखि नै सम्पर्क बिहिन रहेको उनले बताईन । उनको घरको अबस्था निकै कमजोर रहेको र बस्ने बास समेत निकै जिर्न रहेको अध्यक्ष पुनले जानकारी दिए । अध्यक्ष पुनले भने “उनको अबस्था निकै कम्जोर देखेपछि थप समस्या परे तुरुन्तै खबर गर्न भनेको छु ।”
राहत सामाग्री हस्तान्तरणमा वडा न. ८ कि वडा अध्यक्ष तुल्सी पुन, महिला वडा सदस् , लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्