अरेशको नेरामावि भवनको गाउँपालिका अध्यक्षद्धारा उद्धाटन

मालश्री खबर
मालश्री खबर ११ असार २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर/

असार ११ गते ,सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिका र शुभम् निर्माण सेवा बीच ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ अरेशको ९ कोठे भवनको गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी द्धारा उद्धाटन गरिएको बताइएको छ ।


सुनिलस्मृति गाउँपालिका र शुभम् निर्माण सेवा बिच सम्झौता भई २०७९ साल असार २५ गतेबाट काम सुरु गरेको निर्माण सेवाले निर्धारित समय अगावै काम सम्पन्न गरेको थियो । उक्त भवन निर्माणको लागी गाउँपालिका र शुभम् निर्माण सेवा बिच भ्याट सहित कुल १ करोड २५ लाख रुपैँया सम्झौताको आधारमा काम सम्पन्न भई यहि असार ११ गते उद्धाघटन भएको गाउँपालिकाले जानकारी दिएको छ ।


भवन उद्धाटन कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, वडा नम्बर ८ अरेशका वडा अध्यक्ष धनराज रोका मगर, शिक्षा अधिकृत यादव केसी, विद्यालयको प्रध्यानाध्यापक लगाएत शिक्षकहरुको सहभागिता रहेको सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख यादव केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्